Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगरले भन्यो : विद्यालय आसपास मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री नगर्नू

बुटवल उपमहानगरले भन्यो : विद्यालय आसपास मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री नगर्नू

  • 1.7K
    SHARES

  • बुटवल उपमहानगरले भन्यो :  विद्यालय आसपास मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री नगर्नू

    बुटवल, साउन १९ ।

    रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयका आसपास मदिरा तथा सुर्तिजन्य पदार्थको बिक्री–वितरण रोक्न निर्देशन दिएको छ।

    प्रमुख प्रशासकीय अधिकृत दीपक झावालीद्वारा जारी पत्रमा विद्यालय वरपर मदिराजन्य तथा सुर्तिजन्य पदार्थको बिक्री–वितरण भइरहेको भन्दै त्यसले विद्यार्थीहरूको स्वास्थ्य र दैनिक पठनपाठनमा नकारात्मक असर परेको विषयमा व्यापक जनगुनासो प्राप्त भएको उल्लेख गरिएको छ।

    उपमहानगरपालिकाले सबै विद्यालयलाई तत्काल आफ्नो विद्यालय परिसर तथा वरपर मदिराजन्य र सुर्तिजन्य पदार्थको बिक्री–वितरण रोक्न आवश्यक पहल गर्न आग्रह गरेको छ। साथै, यस विषयमा प्रभावकारी अनुगमन गरिने र अनुगमनका क्रममा विद्यालय आसपास मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री–वितरण भइरहेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

    उक्त पत्रको बोधार्थ इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय तथा बुटवल उपमहानगरपालिकाका सबै वडा कार्यालयहरूलाई समेत पठाइएको नगर प्रमुख खेलराज पाण्डेयले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।IMG_7291.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, श्रावण १९ २०८३०९:०६:०८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology