Logo बिहिवार, आश्विन १ गते २०८३
images

पेट्रोल र डिजेलको भाउ प्रतिलिटर २ सय पुग्यो

पेट्रोल र डिजेलको भाउ प्रतिलिटर २ सय पुग्यो

  • 333
    SHARES

  • पेट्रोल र डिजेलको भाउ प्रतिलिटर २ सय पुग्यो

    काठमाडाैँ,साउन १७ ।

    नेपाल आयल निगम लिमिटेडले आइतबार रातीबाट लागू हुने गरी पेट्रोल ३ र डिजेल तथा मट्टितेल समान ५ रुपैयाँ प्रतिलिटर बढाएको छ । मुल्यवृद्धि पछि काठमाडौंमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान २ सय रुपैयाँ प्रतिलिटर पुगेको छ । 

    त्यस्तै, आन्तरिक हवाइ इन्धन २० रुपैयाँ प्रतिलिटर र बाह्य हवाइ इन्धन १ सय ३१ डलर प्रतिकिलोलिटर वृद्धि भएको निगमले जनाएको छ ।

    खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । शनिबार दिउँसो इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएका कारण नेपालमा पनि मुल्य समायोजन गरेको निगमले जनाएको छ ।

    मूल्य वृद्धिपछि हवाइ इन्धन आन्तरिक २ सय ४९ रुपैयाँ प्रतिलिटर र बाह्य हवाइ इन्धन प्रतिकिलोलिटर १५ सय ६६ डलर पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, श्रावण १७ २०८३१०:२१:२९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology