Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

  • 549
    SHARES

  • निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

    म्याग्दी,साउन १७ ।

    ‘निम्स दाइ’को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । अन्नपूर्ण-३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो ।

    गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनद्वारा आइतबार सार्वजनिक गरिएको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित सिँगो म्याग्दीवासीलाई स्तब्ध र मर्माहत तुल्याएको उल्लेख छ । उनको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार अत्यावश्यकबाहेक सबै कार्यालय, वडा, स्वास्थ्य संस्था र विद्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको हो ।  

    नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वमाझ नयाँ उचाइमा पुर्‍याउन, नेपाली पर्वतारोहीहरूको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न पुर्जाले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाले जनाएको छ । पुर्जाको निधनले विश्व पर्वतारोहण समुदायमा अपूरणीय क्षति पुगेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology