काठमाडाैँ,साउन १७ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ ।पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो ।बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)