Logo शनिवार, श्रावण १६ गते २०८३
images

छापिएर आएको लाइसेन्स लिन पनि २ दिन लाइनमा,टोकन पाउनै मुस्किल !

छापिएर आएको लाइसेन्स लिन पनि २ दिन लाइनमा,टोकन पाउनै मुस्किल !

  • 57
    SHARES

  • छापिएर आएको लाइसेन्स लिन पनि २ दिन लाइनमा,टोकन पाउनै मुस्किल !

    बुटवल,साउन १५  ।

    घडीमा बिहानको ८ बज्न नपाउँदै बुटवल यातायात सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्यालय परिषरमा सेवाग्राहीको लाइन शुरू भैहाल्छ । गत हप्तादेखि कार्यालयमा नयाँ र पुराना नविकरण भएका सवारी चालक अनुमतिपत्र छपाइ भएर आएपछि सेवाग्राहीको चाप बढेको हो । सेवाग्राहीको चापलाइ कार्यालयले धान्न नसकेपछि दिनको ६ सय भन्दा बढि टोकन बाँड्न समेत सकेको छैन ।

    अत्यधिक चापले गर्दा सरकारी बिदाको दिन शनिबार र आइतबार पनि यहाँ लाइसेन्स बितरण भैरहेको छ ।
    बुटवल १३ बेलबासमा रहेको कार्यालयमा पुगेका अधिकांश सेवाग्राहीले छापेर आएको लाइसेन्स लिन पनि दुइ दिन धाउनु परेको दुखेसो गरेका छन् । दैनिक ६सय मात्र टोकन वितरण हुँदा धेरैले घण्टौं लाइन बस्नुपरेको छ तर लाइनमा बस्दाबस्दै निर्धारित कोटाको टोकन बितरण बन्द भैदिदा सेवाग्राहीलाइ अर्काे दिन पनि उस्तैगरि लाइनमा लाग्नुपरेको हो। कोठा नम्बर ९ र ११ मा पुग्नका लागि घण्टौं लाइन बस्नुपर्ने हैरानीले सेवाग्राहीहरू आक्रोशित छन् । नयाँ सरकार बनेपछि केही सुध्रीएको कार्यालयको शैली अहिले पुरानै गतीमा फर्किएको आवाश भएको उनीहरुको दाबी छ ।

    बषौँपछि नविकरण भएर आएको लाइसेन्स लिन बुटवल ५ पुरानो बसपार्कबाट उत्साहका साथमा कार्यालय पुगेका सेवाग्राही विजय गुप्ताले गुनासो गर्दै भन्नुभयो–“साह्रै दुःख भयो, बिहानै आएर पनि टोकन पाउन मुस्किल छ, घण्टौं लाइनमा बस्नुपर्छ तै पनि पालो कहिले पर्छ थाहा छैन ,टोकन लिन लाइन अनि फेरि लाइसेन्स लिन अर्काे लाइन हैरान भयो ।”

    लाइनमा रहुनभएकी अर्की सेवाग्राहीबुटवल तीनकुनेकी प्रकृती सुवेदीले गुनासो सुनाउनुभयो –“टोकन लिन २ घण्टा लाइन बसेर पनि कोटा सकिएको भन्दै वितरण नगर्दा लाइसेन्स लिन २ दिन लाग्यो,कर्मचारीहरूले ‘आजको कोटा सकियो, भोलि आउनु’ भनेर पठाइदिनुभयो। दोस्रो दिन फेरि लाइन बस्नुप¥यो,यति लामो समय र दुःखका बाबजुद काम छिटो भएन।”
    हाल बुटवलमा ब्यापार गर्दा आउनुभएका त्यस्तै राकेश यादव भन्नुहुन्छ –“यो प्रक्रियालाइ पनि डिजिटल बनाउनुपर्छ र अनलाइन मै टोकन सिस्टम राखे धेरैलाई सजिलो हुन्थ्यो,सबैको समय बचत हुन्थ्यो ।”

    बुटवलको न्यु होराइजन माबिमा कक्षा ११ मा पढ्दै गरेका बिद्यार्थी शिशिर आचार्यले पहिले पहिले लाइन बसेर पनि पार नलागेकोले ३ दिन अलि खाली हुने आशामा फेरि आएको बताउनुभयो ।

    अहिले कार्यालयमा अन्य कामहरू ठप्प भएका छन् । सर्भर मर्मत भइरहेकाले सेवा प्रवाहमा थप कठिनाइ भएको कार्यालय प्रमुख माधव शर्माले बताउनुभयो । कार्यालय प्रमुख शर्मा भन्नुहुन्छ– “सकेसम्म व्यवस्थापन गरिरहेका छौं,माथिबाट एकै पटक पुराना रिन्यु र नयाँ लाइसेन्स ठूलो संख्यामा छापेर पठाएका कारण वितरणमा अस्थायी समस्या आएको हो ।”सरकारले पुराना लाइसेन्स रिन्यु तथा नयाँ लाइसेन्स एकसाथ पठाउँदा कार्यालयमा चाप बढेको प्रमुख शर्माको भनाइ छ ।

    यसले गर्दा दैनिक टोकन सीमित राख्नुपरेको र अन्य काम प्रभावित भएको उहाँले स्वीकार्नुभयो । सो कार्यालयको सवारी साधनको ट्रायल दिनपनि उस्तै चाप बढेको छ । यो कार्यालयमा दैनिक ४–५ हजार सेवाग्राही पुग्ने गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology