Logo बिहिवार, श्रावण १४ गते २०८३
images

राष्ट्रपति पौडेलले बोलाएपछि शीतलनिवास पुगे प्रधानमन्त्री,के-के भयो छलफल ?

राष्ट्रपति पौडेलले बोलाएपछि शीतलनिवास पुगे प्रधानमन्त्री,के-के भयो छलफल ?

  • 261
    SHARES

  • राष्ट्रपति पौडेलले बोलाएपछि शीतलनिवास पुगे प्रधानमन्त्री,के-के भयो छलफल ?

    काठमाडौं,साउन १४ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको छ ।

    देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्र्धानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न सुझाव दिनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, श्रावण १४ २०८३१०:२६:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology