Logo बिहिवार, श्रावण १४ गते २०८३
images

बुटवलका १२ राजनीतिक दलले गरे सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल

बुटवलका १२ राजनीतिक दलले गरे सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल

  • 75
    SHARES

  • बुटवलका १२ राजनीतिक दलले गरे सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल

    बुटवल ,साउन १४ ।

    बुटवल उपमहानगरपालिकामा क्रियाशील १२ राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् ।सत्तारुढ रास्वपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा सहित १२ दलका नगर प्रमुख र प्रतिनिधिहरुले सुनसरी लगायत आसपासका जिल्लाहरुमा घटेका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक र धार्मिक सद्भाव कायम राख्न अपिल गरेका हुन् ।

    विज्ञप्तिमा कुनै पनि प्रकारका हिंसा, द्वेष, जातीय वा साम्प्रदायिक तनाव सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ ।दलका नेताहरूले सबै पक्षलाई संयमता अपनाउन, कानुनको सम्मान गर्न तथा सामाजिक, जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।साथै घटनाको सत्यतथ्य निष्पक्ष र पारदर्शी ढंगले छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
    विज्ञप्तिमा बुटवल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक शहर भएको उल्लेख गर्दै यहाँको सामाजिक एकता र सद्भावलाई थप सुदृढ बनाउन सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरिएको छ।  ‘सद्भाव, सहिष्णुता र एकता नै हाम्रो साझा शक्ति हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सद्भावका लागि सम्पूर्ण आम बुटवलवासी नागरिकहरूमा पनि हार्दिक अपिल गर्दछौं ।’IMG_7048.jpeg
    विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति राजेश्वर पाण्डेय, नेपाली कांग्रेसका नगर उपसभापति ज्योति भण्डारी, नेकपा एमालेका अध्यक्ष शोभाकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक महेन्द्र भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लक्ष्मण प्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका सचिव गंगालाल सापकोटा, नेपाल कम्युनिष्ट पार्टीका संयोजक दिपक पौडेल, नेकपा माओवादीका इन्चार्ज विष्णु प्रसाद बेलवासे, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रतिनिधि मान बहादुर कुंवर, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष कर्ण भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष दीपक गुरुङ र नेपाल कम्युनिष्ट पार्टी बहुमतका प्रतिनिधि तिलक गिरीले हस्ताक्षर गरेका छन् ।IMG_7051.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, श्रावण १४ २०८३०९:२१:१२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology