बुटवल ,साउन १३ ।
“सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति" भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निस्किएको छ । एमआरआरको आयोजना तथा राजा-ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिदको सर्मथनमा सद्भाव र्याली निकालिएको हो।
बुटवलको राजमार्ग चौराहबाट बेलुका साढे ५ बजे र्याली निस्किएर ट्राफिकचोकसम्म पुगेको एमआरआरका अभियान्ता कमल सापकोटा लम्बु सरकारले बताउनुभयो ।


र्यालीमा स्वतस्फुर्त मानिसको सहभागिता रहेको थियो ।ब्यानरमा बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल समेत लेखिएको छ ।
राजमार्ग चौराहाबाट निकालिएको र्याली मिलनचोक, बसपार्क, अस्पताललाईन, ट्राफिकचोकमा पुगेर सकिएको थियो ।
र्यालीमा सहभागीहरूले मुलुकमा सामाजिक एकता कायम गर्न आग्रह गरेका छन् ।
केही दिनयता तराईका केही जिल्लामा भएको तनाव अन्त्यमा र सामाजिक एकता कायम गर्न र धार्मिक सहिष्णुता बिग्रने गरी सृजना भएको द्वन्द्व अन्त्य गर्न र्याली भएको सहभागी मुकुन्द पौडेलले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)