Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुक्तिनाथ धाममा ब्यास जयन्ती तथा गुरुपूर्णिमा महोत्सव (फोटोफिचर)

मुक्तिनाथ धाममा ब्यास जयन्ती तथा गुरुपूर्णिमा महोत्सव (फोटोफिचर)

  • 891
    SHARES

  • मुक्तिनाथ धाममा  ब्यास जयन्ती तथा गुरुपूर्णिमा महोत्सव (फोटोफिचर)

    बुटवल, साउन १३।

    बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँस्थित स्वामीनारायण मुक्तिनाथ धाममा ब्यास जयन्ती तथा गुरुपूर्णिमा महोत्सव श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको छ।

    महोत्सवमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, धामका अध्यक्ष बाबुराम महत, उपाध्यक्ष कृष्ण पाण्डे, विभिन्न सामाजिक तथा धार्मिक व्यक्तित्वका साथै ठूलो संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो।nari.jpg

    कार्यक्रममा धामका प्रमुख संरक्षक स्वामी लोकानन्दले गुरुको महत्त्व, वैदिक संस्कृतिको संरक्षण तथा आध्यात्मिक जीवनको आवश्यकताबारे प्रवचन दिनुभएको थियो।

    उहाँले भन्नुभयो- ‘ब्यास जयन्ती ज्ञान, गुरु परम्परा र सनातन संस्कृतिको संरक्षणको प्रतीक पर्व हो< महर्षि वेदव्यासले वेद, पुराण र महाभारतजस्ता अमूल्य ग्रन्थमार्फत मानव सभ्यतालाई ज्ञानको उज्यालो दिनुभएको छ,गुरुपूर्णिमाका दिन गुरुको सम्मान, सेवा र आशीर्वाद ग्रहण गर्नु जीवनलाई सही मार्गमा अघि बढाउने आधार हो। गुरुको मार्गदर्शन बिना आत्मिक उन्नति सम्भव हुँदैन।’

    कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा नैतिकता र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।  उहाँले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजलाई एकताबद्ध बनाउनुका साथै नयाँ पुस्तालाई हाम्रो मौलिक संस्कृतिसँग जोड्ने काम गर्ने बताउनुभयो।

    muktin.jpg

    धामका अध्यक्ष बाबुराम महतले गुरुपूर्णिमाको अवसरमा सबै गुरुजनप्रति सम्मान व्यक्त गर्दै धार्मिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।  महोत्सवमा गुरु पूजन, पुष्पआरती, सत्संग तथा प्रसादी वितरण लगायतका धार्मिक कार्यक्रम सम्पन्न भएका थिए। कार्यक्रममा सहभागी भक्तजनले गुरुप्रति श्रद्धा अर्पण गर्दै आध्यात्मिक वातावरणमा भजन–कीर्तन र सत्संगमा सहभागिता जनाएका थिए।

    यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजमा सद्भाव, नैतिकता र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको  छ।

     

    man.jpg

    batuk.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology