Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

  • 4.1K
    SHARES

  • सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

    बुटवल,फागुन २-

    बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन्।

    बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए।जाहेरी दर्ता भइसकेको छ। 

    ‘पक्राउ पुर्जी लिन टोली अदालत गएको छ,एसएसपी सिंहले भने,पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं।’ सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए। 

    सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए।

    उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्।  प्रहरीले उनको खोजी गरिरहेको छ।  बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए। १८ वर्षीया सपना र बस्नेतले मिलेर यसअघि  बेवारिसे शव जलाउने काम थालेका थिए।

    म्याग्दीबाट काठमाडौं आएकी सपना  बस्नेतसँगै बस्थिन्। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्। 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology