Logo बिहिवार, आश्विन १ गते २०८३
images

१०७ युनिट रगत संकलन गरेको गुल्मेली सम्पर्क समाज रुपन्देही सम्मानित

१०७ युनिट रगत संकलन गरेको गुल्मेली सम्पर्क समाज रुपन्देही सम्मानित

  • 1.5K
    SHARES

  • १०७ युनिट  रगत संकलन गरेको  गुल्मेली सम्पर्क समाज रुपन्देही सम्मानित

    बुटवल,साउन १२ ।

    ३१औँ रक्त सञ्चार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति रुपन्देहीले रक्तदान अभियानमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गुल्मेली सम्पर्क समाज रुपन्देहीलाई सम्मान गरेको छ।

    समाजले आफ्नो २३औँ स्थापना दिवसको अवसरमा गत जेठ १७ गते आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १०७ पोइन्ट रगत संकलन गरेको थियो। सोही योगदानको कदर गर्दै रेडक्रसले समाजलाई सम्मान प्रदान गरेको हो।

    सम्मान समारोहका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले रक्तदान जीवनदान भएकाले यस्ता अभियानले समाजमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने बताए। उनले सामाजिक सेवामा गुल्मेली सम्पर्क समाजले निर्वाह गरेको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरे।

    कार्यक्रममा गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थ, प्रथम उपाध्यक्ष हेम थापा र महासचिव राजेन्द्र कुँवरले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए। सम्मान ग्रहणपछि उनीहरूले यो सम्मान सम्पूर्ण रक्तदाता, सदस्य, शुभेच्छुक तथा सहयोगीहरूको साझा उपलब्धि भएको प्रतिक्रिया दिए।

    "बुझौँ हाम्रो रीति र थिति, जोगाऔँ हाम्रो गौरवमय संस्कृति" भन्ने नाराका साथ वि.सं. २०६० मा स्थापना भएको समाजले सामाजिक, सांस्कृतिक र मानवीय सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। समाजले आफ्नो गुरुयोजना अन्तर्गत ज्येष्ठ नागरिक मिलन केन्द्र, श्री श्रृङ्गेश्वर धाम तथा निःशुल्क आवासीय छोरी शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ।
    समाजका अनुसार रक्तदान अभियानलाई आगामी वर्षहरूमा अझ व्यापक बनाउँदै स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका कार्यक्रमलाई विस्तार गरिनेछ। रेडक्रसबाट प्राप्त सम्मानले समाजलाई थप जिम्मेवार र सेवामुखी बन्न प्रेरित गरेको समाजले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, श्रावण १२ २०८३०८:११:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology