बुटवल,साउन ११ ।
बुटवल उपमहानगरपालिका–११, योगीकुटी शान्तिचोकस्थित द बम्बई लाउञ्ज (खत्री ग्रुप) ले आफ्नो स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा साउन १४ र १५ गते दुईदिने विशेष कार्यक्रमसहित प्रथम वार्षिकोत्सव मनाउने भएको छ ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा लाउञ्जका म्यानेजर भुवन टण्डन र सञ्चालक नरेश खत्री ले कार्यक्रमबारे जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै म्यानेजर भुवन टण्डनले एक वर्षको अवधिमा ग्राहकले दिएको साथ, विश्वास र मायाप्रति आभार व्यक्त गर्दै वार्षिकोत्सवलाई ग्राहकसँग खुसी साट्ने अवसरका रूपमा आयोजना गरिएको बताए।
उनका अनुसार दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा लाइभ म्युजिक, विशेष सांगीतिक प्रस्तुति, सेल्फी कर्नर, केक कटिङ, आकर्षक गिभअवे तथा अन्य मनोरञ्जनात्मक गतिविधि रहनेछन्।
वार्षिकोत्सवका अवसरमा ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिए। जसअनुसार सीमित परिकारमा १५ प्रतिशत छुट, दुईवटा मकटेल खरिद गर्दा एउटा निःशुल्क, हुक्कामा १० प्रतिशत छुट तथा तीनवटा बारासिङ्गे बियर खरिद गर्दा एक प्लेट चिकेन चिल्ली निःशुल्क प्रदान गरिनेछ।
त्यसैगरी, सञ्चालक नरेश खत्रीले द बम्बई लाउञ्ज सात दाजुभाइको संयुक्त लगानीमा सञ्चालनमा आएको जानकारी दिँदै छोटो समयमै बुटवलवासीको राम्रो साथ र विश्वास पाउन सफल भएको बताए।
उनले ग्राहकको चाहना र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा, स्वादिष्ट परिकार र पारिवारिक वातावरण प्रदान गर्ने लक्ष्यका साथ लाउञ्ज सञ्चालन भइरहेको उल्लेख गरे।
खत्रीले प्रथम वार्षिकोत्सवका अवसरमा साउन १४ र १५ गते आयोजना हुने कार्यक्रममा सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी भई उत्सवलाई सफल बनाउन आग्रह गरे। आगामी दिनमा पनि सेवा र गुणस्तरलाई अझ प्रभावकारी बनाउँदै बुटवलमा उत्कृष्ट आतिथ्य सेवाको पहिचान स्थापित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
पत्रकार सम्मेलनमा व्यवस्थापनले वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा नभई ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अवसरका रूपमा लिएको जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने विशेष कार्यक्रमले स्वाद, संगीत, मनोरञ्जन र आकर्षक अफरमार्फत सहभागीलाई अविस्मरणीय अनुभव दिलाउने विश्वास आयोजकको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)