बुटवल,साउन ८ ।
बुटवल मोडेल कलेजमाबीबीए आठौं सेमेस्टरका विद्यार्थीहरूले आफ्नो अवधारणा र सेवा प्रस्तुत गरेका छन् ।उनीहरुले ‘मिडिया एन्ड पब्लिक रिलेसन्स विषयकोSimulation media Conference (Practicum ) कार्यअन्तर्गत आफूहरूले सञ्चालन गरिरहेका व्यवसायको प्रवद्र्धन तथा व्यवसायिक प्रगति सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
विद्यार्थी समूहले आफ्ना व्यवसाय सार्वजनिक गरेका थिए। अलिशा सारु थापाको नेतृत्वमा रहेको समूहले ‘जेकुमीब्लुम्स ’मार्फतस्थानियश्रोत र साधनप्रयोग गरीनिर्मित उपहार सामग्री सम्बन्धीव्यवसायको प्रवद्र्धन गरेकाथिए त्यसैगरी शुभमत्रिपाठीको समूहले ‘फिक्स नेपाल नामक डिजिटल सेवा प्रस्तुतगर्दै मोबाइलएपमार्फत दुई मिनेटभित्र प्रमाणित प्राविधिक बुक गर्न सकिने र घरायसी सेवाघर सर्ने, वाथरुममा बिजुली पल्म्बीङ्ग साथै अन्यसेवा सम्बन्धी व्यावसायका सुविधाबारे जानकारी गराए।
त्यसैगरी, मनिषा जैसवालको नेतृत्वमा रहेको समूहले ‘ठेकुवा डिलाइट मार्फत मिथिला संस्कृतिको परम्परागत परिकार ठेकुवालाई आधुनिक ब्रान्डका रूपमा स्थापितगर्दै बजार विस्तारको प्रयासबारे जानकारी गराएको थियोजसअनुसार उनिहरुद्वारा उत्पादीत स्वादिष्ट ठेकुवाको र स्वस्वादन पनि गराएकाथिए। आरतीथापाको समूहले ‘आरम्भ इभेन्ट्स नामकइभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत सामाजिक, शैक्षिक सास्कृतिक तथा व्यावसायिक कार्यक्रमहरूको व्यावसायिक व्यवस्थापन सम्बन्धी आफ्नो अवधारणा र सेवा प्रस्तुत गरे ।
प्रत्येक समूहले व्यवसाय सुरु गर्नुको प्रेरणा, आवश्यकप्रारम्भिकलगानी, हालसम्मको व्यवसायिकप्रगति, आम्दानीको अवस्था, सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती, समस्या समाधानकाउपायतथा ग्राहकबाट प्राप्त सुझाव र प्रतिक्रियाबारे विस्तृत प्रस्तुतिदिएकाथिए।
कार्यक्रमका कलेजका प्राचार्य डा. नेत्र प्रसाद बश्यालले विद्यार्थीहरूले अध्ययनसँगै उद्यमशीलतालाई व्यवहारमा उतार्दै आफ्नै व्यवसाय सञ्चालन गर्नु प्रशंसनीय रहेको बताउँदै यस्ता अभ्यासले भावी उद्यमी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै मिडिया सिमुलसेन र जन सम्बन्धद्वारा आफ्नो उत्पादन सेवाव्यवसायलाई कसरी उपभोक्ता सु–सुचित,उत्प्रेरित संचार गर्ने र व्यवसायलाई दिर्घकालीनबनाउने कुरा मुख्य उद्देश्य रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै बीबीए कार्यक्रम संयोजक दीपक ज्ञवालीले बीबीए अध्ययनको मूल उद्देश्य नै सक्षम व्यवस्थापक र सफल उद्यमी उत्पादन गर्नु रहेको उल्लेख गर्दै कलेजका विद्यार्थीहरूले अध्ययनकै क्रममा व्यवसाय सञ्चालनगर्दै उद्यमशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकोमा खुसी व्यक्त गर्नुभयो।
उहाँले यस्ता परियोजना मूलक सिकाइले विद्यार्थीमा नेतृत्वक्षमता, समस्या समाधान गर्ने दक्षता, निर्णय क्षमता तथा व्यावहारिक व्यवसायिक अनुभवको विकास हुने बताउनुभयो ।
कार्यक्रमले विद्यार्थीहरूलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवसायिक योजनाद्वारावास्तविकव्यवसायमा रूपान्तरण गर्ने अवसर प्रदानगर्नुका साथै उद्यमशील संस्कृतिको विकासमा महत्वपूर्ण योगदानपुर्याएको सहभागीहरूले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)