Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इस्माली समाज यूएईले हरितालिका तीज उत्सव–२०८३ आयोजना गर्ने

इस्माली समाज यूएईले हरितालिका तीज उत्सव–२०८३ आयोजना गर्ने

  • 816
    SHARES

  • इस्माली समाज यूएईले हरितालिका तीज उत्सव–२०८३ आयोजना गर्ने

    यूएई,साउन ८ ।

    इस्माली समाज यूएईले हरितालिका तीज उत्सव–२०८३ आयोजना गर्ने भएको छ। नेपालीहरूको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत १३ सेप्टेम्बर २०२६ (आइतबार) अबुधाबीस्थित रेडसिन ब्लु होटल एण्ड रिसोर्ट,ओपेरा क्लवमाआयोजना हुने कार्यक्रम नेपाली कला, संस्कृति, परम्परा र सामाजिक उत्तरदायित्वलाई एकै मञ्चमा प्रस्तुत हुनेछ ।

    "संस्कृति, सद्भाव, सम्मान : इस्मालीको परिचय" भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले नेपाली संस्कृति संरक्षण, सामाजिक एकता र सेवामूलक अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ। यस वर्षको तीज उत्सव मनोरञ्जनमा मात्र सीमित नभई संस्कृति संरक्षण, सामाजिक सद्भाव र दिगो विकासको सन्देश बोकेको विशेष कार्यक्रम भएको आयोजकको भनाइ छ ।

    कार्यक्रममा नेपालकी चर्चित गायिका प्रिति आले, चर्चित गायक राजन बस्नेत तथा यूएईमा कार्यरत इस्माली समुदायका प्रतिभाशाली कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको मौलिकता, नेपालीपन, कला र संस्कृतिको जीवन्त झलक प्रस्तुत गरिनेछ।

    कार्यक्रमको मुख्य आकर्षण "स्मार्ट कृषि अभियान : आत्मनिर्भर इस्माली, समृद्ध भविष्य निर्माणार्थ" अभियान पनि रहेको र आगामी मंसिरदेखि इस्मा गाउँपालिका फेदीफाँट क्षेत्रमा करिब १४ रोपनी जग्गामा आधुनिक तथा व्यवसायिक कृषि परियोजना सञ्चालन गर्ने तयारी गरिएको छ।

    आधुनिक कृषि प्रविधि, उत्पादन वृद्धि, बजारीकरण, स्थानीय रोजगारी सिर्जना तथा युवालाई कृषितर्फ आकर्षित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिने महासचिव मनोज ज्ञवालीले नागरिक अनलाइनलाइ बताउनुभयो ।

    संस्कृति र समृद्धिलाई सँगसँगै अघि बढाउने विश्वासका साथ आयोजना गरिएको यो कार्यक्रम नेपाली मौलिक संस्कृतिको उत्सव, प्रवासी नेपालीहरूको एकताको प्रतीक तथा आत्मनिर्भर भविष्य निर्माणतर्फको साझा अभियान रहेको महासचिव ज्ञवालीले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, श्रावण ८ २०८३०७:३७:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology