Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं :गगन थापा

हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं :गगन थापा

  • 471
    SHARES

  • हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं :गगन थापा

    काठमाडौं,साउन ७ ।

    नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी स्थानीय तह र प्रदेश सरकारबारे केही नेतासमेतले आफूलाई तर्साउने गरेको भन्दै चुनावबाट नतर्सने बताएका छन् । बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।आफ्नो पार्टी सत्तासँग भन्दा पनि समाज र सिद्धान्तसँग अघि बढ्ने उनको जिकिर थियो ।

    ‘शक्तिको प्रतिस्पर्धा मात्रै राजनीति होइन, सत्ताको प्रतिस्पर्धा मात्रै राजनीति होइन । किनभने हामीलाई यही कुरा बीपी कोइरालाले सिकाउनुभएको हो,’ थापाले भने, ‘मलाई कतिपय साथीहरूले तर्साउन खोज्नुहुन्छ, कहिलेकाहिँ नेताहरूले पनि तर्साउन खोज्नुहुन्छ । हेरौंला स्थानीय चुनाव भन्नुहुन्छ, हेरौंला प्रदेशको चुनाव भनेर भन्नुहुन्छ । हामी बीपी कोइरालाको कार्यकर्ताहरू हौं । हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं ।’

    चुनाव हारिएला भनेर आस्थासँग सम्झौता गर्ने पार्टीको कार्यकर्ता आफूहरू नभएको गगनको भनाइ छ । ‘हामी चुनाव हारिएला, नजितिएला भनेर आस्थासँग सम्झौता गर्दै सोसाइटी र सिद्धान्तले नमान्ने गठबन्धनको राजनीति बोक्ने कांग्रेस होइन यो,’ उनले भने, ‘चुनावको सामना गर्छौं हामी । हाम्रा लागि प्राइमरी कुरा भनेको नागरिकको विश्वास र भरोसा हो । त्यसका लागि हामीले सत्तासँग होइन समाजसँग जोडिएको कांग्रेस बनाउनुपर्ने छ ।’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology