Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा महासचिब पाैडेलले तिलोत्तमाका मेयर र उपमेयरलाई ओली समूहमा प्रवेश गराए !

नेकपा महासचिब पाैडेलले तिलोत्तमाका मेयर र उपमेयरलाई ओली समूहमा प्रवेश गराए !

  • 6.9K
    SHARES

  • नेकपा महासचिब पाैडेलले तिलोत्तमाका मेयर  र उपमेयरलाई ओली समूहमा प्रवेश गराए  !

    बुटवल,फागुन २-

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर नेपाल कम्युनिस्ट पार्टी [नेकपा] ओली समूहमा लागेका छन् । तिलोत्तमाका मेयर वासुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरी ओली समूहमा खुलेका हुन् ।

    महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबूकमा मेयर वासुदेव घिमिरेसँगको तस्वीर राख्दै ‘साथै छौं, साथै रहनेछौं !’ भनेर लेखेका छन् । महासचिव पाैडेलले फेसबुकमा राखेको तस्वीर भैरहवा गाैतमबुद्ध बिमानस्थलमा आज खिचिएको हाे । 

    महासचिवको पहल र केहि सर्त सहित घिमिरेले गुट बदलेका हुन् । सर्तहरु के -के थिए बाहिर खुलाइएको छैन । मेयर घिमिरेले आफूसहित अधिकांश कार्यपालिका सदस्यले महासचिव विष्णु पौडेललाई साथ दिने निधो गरेको जानकारी दिए ।

    आइतवार महासचिव पौडेललाई बिदाइ गर्न मेयर घिमिरे, उपमेयरसहित नेताहरू भैरहवा विमानस्थल पुगेका थिए ।  यसअघि मेयर घिमिरे लामाेसमयदेेखि नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको साथमा थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology