Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भारतमा ‘माँ शारदा अवार्ड’ बाट सम्मानित भए कान्छो ज्योतिष पाण्डे ,पन्थीलाई बिशेष सम्मान प्रदान

भारतमा ‘माँ शारदा अवार्ड’ बाट सम्मानित भए कान्छो ज्योतिष पाण्डे ,पन्थीलाई बिशेष सम्मान प्रदान

  • 357
    SHARES

  • भारतमा ‘माँ शारदा अवार्ड’ बाट सम्मानित भए कान्छो ज्योतिष पाण्डे ,पन्थीलाई बिशेष सम्मान प्रदान

    भारत,साउन ६ ।

    भारतको मध्य प्रदेशस्थित उज्जैनमा आयोजना भएको ‘४०औँ अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा आयुर्वेद सम्मेलनमा नेपालका अतिथिहरुलाई सम्मानसहित अवार्ड प्रदान गरिएको छ ।

    ‘माँ शारदा अवार्ड’ बाट दक्षिण एसियाली ज्योतिष महासंघका लुम्बिनी प्रदेश अध्यक्षा समेत रहेका कान्छो ज्योतिष भनेर चिनिने चुरामणि पाण्डे सम्मानित भएका छन् त्यस्तै दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय सभापति आचार्य लक्ष्मण पन्थीलाई बिशेष सम्मान प्रदान गरिएको छ ।

    सनातन वैदिक ज्ञान, खगोल विज्ञान र अध्यात्मको ऐतिहासिक एवं पावन भूमि भारतको मध्य प्रदेशस्थित उज्जैनमा (१९-२० जुलाई २०२६) आयोजना भएको थियो । नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकहरू र विश्वका ९ भन्दा बढी देशका ३०० भन्दा बढी विशिष्ट विद्वान, अनुसन्धानकर्ता, वास्तुविद्, आयुर्वेदाचार्य तथा पुरोहितहरूको सहभागिता रहेको थियो ।

    सो कार्यक्रमको विक्रम विश्वविद्यालय उज्जैनका कुलपति प्रो.डा.अर्पण भारद्वाज र दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय सभापति आचार्य लक्ष्मण पन्थीले संयुक्त रूपमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो ।समापन सत्रको प्रमुख आतिथ्यता पाणिनी विश्वविद्यालय उज्जैनका कुलपति प्रो. डा. शिवशंकर मिश्रले गर्नुभएको थियो।

    sam.jpg

    कार्यक्रमका विभिन्न सत्रहरूको सभापतित्व विश्व ब्राह्मण सङ्घका अध्यक्ष एवं पूर्व राज्यमन्त्री योगेन्द्र महन्त र आयोजक संस्थाका संस्थापक अध्यक्ष दिनेश गुरुजीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन भारतका सेलिब्रेटी महिला ज्योतिषी एवं वास्तुविद् डा. डिम्पल शर्मा र डा. हृदेयन्द्र शुक्लाले गर्नुभएको थियो।
    सम्मेलनमा भारतका चर्चित विद्वानहरू डा.अनिल वत्स, डा. दिनेश दुबे, डा. हिमेश गुरुजी, श्री श्री १००८ महामण्डलेश्वर नवीन वर्मा, डा. श्वेता खण्डेलवाल, डा. अर्चना श्रवण्डल लगायतका ब्याक्तिहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology