Logo बिहिवार, आश्विन १ गते २०८३
images

जन्मदिनमा ब्यवसायी पोखरेलले गरे वृक्षारोपण तथा रक्तदानको आयोजना

जन्मदिनमा ब्यवसायी पोखरेलले गरे वृक्षारोपण तथा रक्तदानको आयोजना

  • 1.2K
    SHARES

  • जन्मदिनमा ब्यवसायी पोखरेलले गरे वृक्षारोपण तथा रक्तदानको आयोजना

    बुटवल,साउन ४  ।

    होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य शिवराज पोखरेलले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै वृक्षारोपण तथा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।

    लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजनामा सैनामैना–६ स्थित लायन्स वाटिका, दूधराक्ष स्वास्थ्य चौकी परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै तिनको संरक्षणमा समेत विशेष जोड दिइएको आयोजकले जनाएको छ।

    यसैगरी, जन्मदिनकै अवसरमा नेपाल नियमित रक्तदाता संघ, केन्द्रीय समिति रुपन्देहीको आयोजनामा बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘टोल–टोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान’ भन्ने नारासहित आयोजित कार्यक्रममा ठूलो संख्यामा रक्तदाताले रक्तदान गरेका थिए।

    पाेखरेलले आफ्नाे जन्मदिनलाई केवल व्यक्तिगत खुसीको अवसरका रूपमा सीमित नराखी समाजसेवा, वातावरण संरक्षण र मानवीय सेवासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

    रक्तदानबाट उपचाररत बिरामीका लागि आवश्यक रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    साे अवसरमा ४० युनिट रगत संकलन भएकाे थियाे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, श्रावण ४ २०८३०९:५४:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology