Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्षेत्र नं. २ रूपन्देहीद्वारा युवा तथा विद्यार्थीसँग कांग्रेस संवाद

क्षेत्र नं. २ रूपन्देहीद्वारा युवा तथा विद्यार्थीसँग कांग्रेस संवाद

  • 2.4K
    SHARES

  • क्षेत्र नं. २ रूपन्देहीद्वारा युवा तथा विद्यार्थीसँग कांग्रेस संवाद

    बुटवल,साउन ३ ।

    नेपाली कांग्रेस क्षेत्र नं. २ रूपन्देहीको आयोजनामा युवा र विद्यार्थीबीच ‘कांग्रेस संवाद’ कार्यक्रम सम्पन्न भएको छ ।

    क्षेत्रीय सभापति प्रजापाल गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेताहरूले सहभागिता जनाएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि नारायण भट्टराई “युवा र विद्यार्थी कांग्रेसको सबैभन्दा महत्वपूर्ण शक्ति भएको बताउनुभयो ।पार्टीको जरा अभियानलाई सफल बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो  ।

    `हामीले पार्टीभित्र लोकतान्त्रिक मूल्य र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै आगामी दिनमा संगठनलाई अझ व्यापक र प्रभावकारी बनाउनुपर्छ ।´उहाले भन्नुभयो ।

    अध्यक्ष प्रजापाल गिरीले “क्षेत्र नं. २ लाई कांग्रेसको बलियो आधार बनाउने अभियानमा युवा तथा विद्यार्थीहरूको सुझाव र सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।६ गतेसम्म क्रियाशील सदस्यता अभियानलाई तीव्रता दिनुपर्ने र भावी दिनमा पार्टीमा युवाहरूको प्रत्यक्ष संलग्नता बढाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा केन्द्रीय सदस्य रामबहादुर कार्की,कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, प्रदेश सदस्य दीर्घबहादुर केसी ‘कुमार’, जिल्ला सभापति रामकृष्ण खाँण, नगर सभापति खेलराज पाण्डेय, नेपाल तरुण दल जिल्ला सचिव रमेश शाही, तरुण दल तिलोत्तमा वडा नं. ३ का सभापति भगवती, भेषराज पोख्रेल, नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पस उपसभापति निराजन खरेल लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

    क्षेत्रीय सचिव बिमलराज भट्टराईले कार्यक्रममा जानकारी दिँदै क्षेत्र नं. २ मा हालसम्म ६३०० क्रियाशील सदस्य रहेको बताउनुभयो ।

    छलफलका प्रमुख विषयहरूमा कांग्रेसको जरा अभियान, क्रियाशील सदस्यता विस्तार, पार्टीको भावी रणनीति तथा युवा तथा विद्यार्थीको भूमिका रहेका थिए ।IMG_6517.jpeg

    IMG_6518.jpeg

    कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि युवा तथा विद्यार्थीहरूलाई पार्टीको नीति, कार्यक्रम र संगठनात्मक काममा सक्रिय हुन आह्वान गर्नुभएको थियो । उनीहरूले कांग्रेसको सिद्धान्त, लोकतन्त्र र समावेशीताको पक्षमा युवाहरूको भूमिका निर्णायक हुने बताए ।

    यो संवाद कार्यक्रमले क्षेत्रीय स्तरमा युवा तथा विद्यार्थीहरूसँग पार्टीको सम्बन्धलाई अझ घनिष्ट बनाउने अपेक्षा गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology