Logo बिहिवार, आश्विन १ गते २०८३
images

वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलमा स्मृति दिवस तथा १९औं स्थापना दिवस मनाइयो

वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलमा स्मृति दिवस तथा १९औं स्थापना दिवस मनाइयो

  • 747
    SHARES

  • वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलमा  स्मृति दिवस तथा १९औं स्थापना दिवस मनाइयो

    बुटवल, साउन ३ ।

    वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल–७ को आयोजनामा ४५औं वीपी स्मृति दिवस तथा प्रतिष्ठानको १९औं स्थापना दिवसका अवसरमा वीपी वाटिकामा निर्माण गरिएको वीपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ ।

    प्रतिष्ठानका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य दीर्घबहादुर केसी (कुमार) को उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, सचिव खिमानन्द भट्टराई, नेपाली कांग्रेस क्षेत्रीय सचिव बिमलराज भट्टराई लगायतले वीपी कोइरालाको योगदानको चर्चा गर्दै माल्यार्पण गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि दीर्घबहादुर केसीले भन्नुभयो- वीपी कोइराला नेपाली लोकतन्त्रका प्रणेता र प्रजातान्त्रिक समाजवादका सिद्धान्तकार रहेको भन्दै उहाँको विचार र योगदान आज पनि सान्दर्भिक रहेको बताउनुभयो ।

    अध्यक्ष युवराज गिरीले भन्नुभयो, “वीपी स्मृति दिवस र स्थापना दिवसको अवसरमा शालिकमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न पाउँदा खुसी लागेको छ । प्रतिष्ठानले वीपीको सिद्धान्त, विचार र योगदानलाई अध्ययन, अनुसन्धान र प्रचार–प्रसार गर्ने लक्ष्य लिएको छ ।”

    उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले वीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको अटल विश्वासको चर्चा गर्नुभयो ।

    सचिव खिमानन्द भभट्टराईले वीपीको बहुआयामिक योगदानको स्मरण गर्दै प्रतिष्ठानले आगामी दिनमा थप सक्रिय कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

    कार्यक्रममा वीपी कोइरालाको तस्बिरमा माल्यार्पणसहित श्रद्धाञ्जलि अर्पण गरिएको थियो । प्रतिष्ठानले वीपीको विचारलाई जीवन्त राख्न विभिन्न शैक्षिक तथा स्मृति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology