Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लियो क्लव अफ बुटवल गोल्डेन जुब्लीका संस्थापक अध्यक्ष भेषराजको जन्मदिनमा रक्तदान

लियो क्लव अफ बुटवल गोल्डेन जुब्लीका संस्थापक अध्यक्ष भेषराजको जन्मदिनमा रक्तदान

  • 648
    SHARES

  • लियो क्लव अफ बुटवल गोल्डेन जुब्लीका संस्थापक अध्यक्ष भेषराजको जन्मदिनमा रक्तदान

    बुटवल ,साउन २ ।

    लियो क्लव अफ बुटवल गोल्डेन जुब्लीले क्लवका संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज) को जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रशासन प्रमुख प्रेम गौतमको प्रमुख आतिथ्य र नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको विशेष आतिथ्यमा सनिबार भएको कार्यक्रममा ८० जना युवाहरूले रक्तदान गरेको संयोजक गोकुल भण्डारीले जानकारी दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले युवाहरूले अस्पतालमै आएर रक्तदान गरेकोमा प्रसंशा गरे ।

    उनले कार्यक्रम मार्फत संकलित रगत दुरुपयोग हुन नदिने र सर्वसाधारण बिरामीले सहज रुपमा पाउने प्रतिवद्वता व्यक्त गरे । 
    रक्तदाता समाजका अध्यक्ष चौहानले सरकारको मापदण्ड बमोजिम ब्लड बैंकहरु संचालित नभएकाले आगामी दिनमा यसलाई परिमार्जित गरि अत्यन्तै न्यून शुल्कमा रगत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

    बुटवललाई रक्तदाताहरुको हव बनाउने गरि आफ्‌नो नेतृत्वमा काम गरिरहेको भन्दै त्यसको आधार स्वरुप दिन प्रतिदिन नयाँ रक्तदाताहरु थपिदै गएको उल्लेख गरे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण २ २०८३०२:३८:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology