Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतमा ४०औँ अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा आयुर्वेद सम्मेलन हुदै,सहभागि हुने ज्योतिषलाई बिदाइ

भारतमा ४०औँ अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा आयुर्वेद सम्मेलन हुदै,सहभागि हुने ज्योतिषलाई बिदाइ

  • 909
    SHARES

  • भारतमा ४०औँ अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा आयुर्वेद सम्मेलन हुदै,सहभागि हुने ज्योतिषलाई बिदाइ

    बुटवल ,साउन १ ।

    भारतको मध्य प्रदेशमा ४०औँ अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा आयुर्वेद सम्मेलन आयोजना हुने भएको छ ।सम्मेलनमा नेपालबाट प्रतिष्ठित विद्वानहरू सहभागी हुदैछन् ।

    वैदिक सनातन ज्ञान, अनुसन्धान र प्राचीन चिकित्सा पद्धतिको संरक्षण तथा आधुनिक सन्दर्भमा यसको वैज्ञानिक सान्दर्भिकतामाथि विमर्श गर्ने उद्देश्यका साथ भारतको मध्य प्रदेशमा एक भव्य अन्तर्राष्ट्रिय सम्मेलन 
    'माँ शारदा ज्योतिषधाम अनुसन्धान संस्थान, इन्दौर' को आयोजनामा दुईदिने (१९ र २० जुलाई २०२६ ) मा ‘४०औँ अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा आयुर्वेद सम्मेलन’ सम्पन्न हुन लागेको हो।

    नेपाल र भारतका शीर्ष विद्वानहरूको सहभागिता रहने ऐतिहासिक सम्मेलनमा नेपालको तर्फबाट लामो समयदेखि ज्योतिष, वास्तु तथा आध्यात्मिक क्षेत्रमा क्रियाशील दक्षिण एसियाली ज्योतिष महासंघ, अर्घाखाँची (नेपाल) का अध्यक्ष एवं वरिष्ठ ज्योतिषी, वास्तु परामर्शदाता तथा परानर्मल विज्ञ आचार्य लक्ष्मण पन्थी   र दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिका सभापति एवं गुल्मी (रेसुङ्गा–१०) का प्रतिष्ठित ज्योतिषी एस्ट्रो. चूडामणि पाण्डे सहभागी हुदै हुनुहुन्छ । पाण्डेलाई आज रूपन्देहीमा एक कार्यक्रमका बिच बिदाइ गरिएको दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश महासचिव बद्रिप्रसाद भट्टराईले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, श्रावण १ २०८३०८:१६:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology