बुटवल,असार ३२ ।
बुटवलस्थित दिप एजुकेसनले सन् २०२५/२६ को कोरियन भाषा (EPS) परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ ।
उत्तीर्ण भएका विद्यार्थीहरूलाई बुटवलमा बधाई तथा सम्मान समेत गरिएको छ ।
कोरियन भाषा परीक्षामा सफलता हासिल गरेका विद्यार्थीहरूको हौसला बढाउने, उनीहरूको मेहनतको सम्मान गर्ने तथा आगामी परीक्षार्थीलाई प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
कार्यक्रम दिप एजुकेसन हबका संस्थापक अध्यक्ष तथा कोरियन भाषा प्रमुख प्रशिक्षक दिपक लम्साल (दिप सर) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन जिडी सिखरले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षिका प्रियंका सारुले राख्नुभएको थियो।
स्वागत मन्तव्यका क्रममा शिक्षिका प्रियंका सारुले कोरियन भाषा अध्ययनका लागि निरन्तर मेहनत, अनुशासन र सही मार्गदर्शन आवश्यक हुने बताउँदै सफल भएका विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ धेरै विद्यार्थीले सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक दिपक लम्सालले दिप एजुकेसन हबले २०७५ सालदेखि बुटवलमा निरन्तर रूपमा कोरियन भाषा अध्यापन गराउँदै आएको बताउनुभयो। उहाँका अनुसार संस्थाले कोरियन भाषाको गुणस्तरीय अध्यापन सञ्चालन गर्दै आएको छ।
उहाँले यस वर्षको कोरियन भाषा परीक्षामा ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिँदै यो नतिजा विद्यार्थीको मेहनत, अभिभावकको विश्वास र संस्थाको समर्पित प्रशिक्षणको परिणाम भएको उल्लेख गर्नुभयो।
साथै, यसअघि आयोजित एक ब्याचमा ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको स्मरण गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ संस्था अघि बढिरहेको बताउनुभयो।
लम्सालले एजुकेसनले हालसम्म करिब २,५०० जना विद्यार्थीलाई कोरियन भाषा परीक्षामा उत्तीर्ण गराउन सफल भएको दाबी गर्नुभयो।
विद्यार्थीहरूको तर्फबाट पनि मन्तव्य राखिएको थियो। उनीहरूले दिप एजुकेसन हबमा प्राप्त प्रशिक्षण, नियमित अभ्यास, प्रशिक्षकहरूको सहयोग र सकारात्मक सिकाइ वातावरणका कारण आफूहरू सफलता हासिल गर्न सक्षम भएको अनुभव सुनाएका थिए।
कार्यक्रममा कोरियन भाषा परीक्षामा सफल भएका विद्यार्थीहरूलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)