Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘दिगो’ले लुम्बिनी प्रदेशमा विद्युतीय गाडीहरुको प्रदर्शनी गर्ने,भ्यालेन्टाईन डेमा अफरै अफर

‘दिगो’ले लुम्बिनी प्रदेशमा विद्युतीय गाडीहरुको प्रदर्शनी गर्ने,भ्यालेन्टाईन डेमा अफरै अफर

  • 2.9K
    SHARES

  • ‘दिगो’ले लुम्बिनी प्रदेशमा विद्युतीय गाडीहरुको प्रदर्शनी गर्ने,भ्यालेन्टाईन डेमा अफरै अफर

    बुटवल,फागुन २ -

    लुम्बिनी प्रदेशमा ‘दि गो’ का विद्युतीय गाडीहरुको प्रदर्शनी हुने भएको छ । फागुन २ गतेदेखी ७ गतेसम्म पर्दशनी हुने कार्स ग्रिन वल्ड कार्स बुटवलका सञ्चालक राजीव खनालले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    फागुन २ गते रामग्राम परासीबजार, ३ गते बुटवलको डेल्टा मार्ट मिलनचोक, ४ गते भैरहवाको सानु डिपार्टमेन्टल स्टोर तथा कौशी डाउन्टाउन रेष्टुरेन्ट, ५ गते चन्द्रौटा सञ्जिवनी सामुदायिक अस्पतालको अगाडि, ६ गते ४ नं जीतपुर चोक, ७ गते मुर्गिया चोकमा प्रदर्शन गरीने उनले बताए ।

    व्यथयिलन ईसिक्स २० सिट,डिएफएसके डाँफे ११ सिट र दिगो ईएटको टेष्ट ड्राइभ सहितको सुविधा प्रदर्शनीमा मिलाईएको छ ।

    गत साल नेपालमा भित्रीएको इलेक्ट्रिक दिगो ई ८ कारमा ग्राहकको आकर्षक बढदै गएको छ । कारको मूल्य २४ लाख ९४ हजार रुपैँया तोकिएको छ । १५१ किलोवाट आवर लिथिएम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किमी माईलेज दिन्छ ।

    कारमा ३ फेज एसिंक्रोनस मोटर छ, जसले १ हजार आरपीएममा ११७ एनएम टर्क र बढिमा १५ किलोवाट पावर उत्पादन गर्छ । यो कार ३ किलोवाटको चार्जरको साथमा आउँछ र कार्यालय वा घरमा सजिलैसँग चार्ज गर्न सकिन्छ ।

    कारले ब्रेकिङको बेला उत्पन्न हुने काइनेटिक इनर्जिलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन पुनरुत्पादक बे्रकिङ प्रणाली उपयोग गरेको खनालले बताए ।

    यस भ्यालेन्टाइन डे को अवसरमा दिगो कार बुक गरे संगै भ्यालेन्टाईन डे अफर अन्तर्गत प्रत्येक जोडीलाई कम्पनीले आकर्षक रिसोर्टमा १ दिनको लागि खान बस्नको आकर्षक व्यवस्था समेत गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology