Logo बिहिवार, आश्विन १ गते २०८३
images

जी ट्वाइन्टि फाइभ क्लवको १३ औँ संस्करणको रक्तदानमा ५१ युनिट संकलन

जी ट्वाइन्टि फाइभ क्लवको १३ औँ संस्करणको रक्तदानमा ५१ युनिट संकलन

  • 1.7K
    SHARES

  • जी ट्वाइन्टि फाइभ क्लवको १३ औँ संस्करणको रक्तदानमा ५१ युनिट संकलन

    बुटवल,असार २९ ।

    जी ट्वाइन्टि फाइभ क्लव बुटवल-११ रुपन्देहीले १३ औँ संस्करणको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले क्लवे निकै प्रशंसायोग्य सामाजिक काम गरिरहेको बताउनुभयो । उहाँले समाजमा क्लवहरूले सधै योगदान दिनुपर्ने बताउनुभयो  ।

    blood donate_kapil.jpg

    क्लवका अध्यक्ष सजनकुमार भारीले क्लवले विभिन्न रचनात्मक काम गरिरहेको बताउनुभयो ।  उहाँले गरिब, विपन्न र असहायहरुको लागि शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने, विपद् व्यवस्थापन, वातावरण, कला र संस्कृतिको संरक्षणमा समेत सघाउने लक्ष्य अनुरूप अघि बढिरहेको बताउनुभयो ।

    देवीनगर चौपारीमा रक्तदान गरिएको र कार्यक्रम सफल भएको कार्यक्रम संयोजक  मिलन कुमार भारीले बताउनुभयो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि रक्तसंचार केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो । सो अवसरमा क्लवका संस्थापक ,निवर्तमान, सल्लाहकार ,मार्गदर्शक,संरक्षक,पदाधिकारी ,सल्लाहकारहरु,सदस्यहरू , शुभेच्छुक एवं युवा विद्यार्थीको सक्रिय सहभागिता रहेको उपाध्यक्ष तेजेन्द्र खनालले बताउनुभयो ।

    std.jpg

    बुटवल, देवीनगरमा मुख्य कार्यालय रहेको जी २५ क्लब (g25 club) एक सामाजिक तथा मानवीय सेवामा समर्पित युवाहरूको संस्था हो । यस क्लबले विशेष गरी समाजका विपन्न, अशक्त, तथा बिरामीहरूलाई राहत, उपचारमा सहयोग र निस्शुल्क भोजन वितरण जस्ता परोपकारी कार्यहरू सञ्चालन गर्दै आएको छ ।

    gg.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology