Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी वास्तु सम्मेलन–२०८३ सातबुंदे घोषणापत्र जारी गर्दै सम्पन्न

लुम्बिनी वास्तु सम्मेलन–२०८३ सातबुंदे घोषणापत्र जारी गर्दै सम्पन्न

  • 2.3K
    SHARES

  • लुम्बिनी वास्तु सम्मेलन–२०८३ सातबुंदे घोषणापत्र जारी गर्दै सम्पन्न

    बुटवल,असार २८ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका- मणिग्राममा भएको  लुम्बिनी वास्तु सम्मेलन२०८३ सातबुंदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

    दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित सम्मेलनको आज एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो ।

    सम्मेलनले मौलिकताको संरक्षण राष्ट्रिय प्रवर्द्धन नेपाली सभ्यताको मेरुदण्डका रूपमा रहेको प्राचीन वास्तु विज्ञानकोमौलिकता, शास्त्रीय मर्यादा सांस्कृतिक गरिमालाई संस्थागत गर्दै यसको प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमाअघि बढाउने ,अनुसन्धान, अभिलेखीकरण प्रकाशन ASTRO नेपालमा छरिएर रहेका वास्तु सम्बन्धी प्राचीनग्रन्थ, परम्परागत अभ्यास लोकअनुभवहरूको वैज्ञानिक अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण गरी तिनकोप्रकाशनलाई प्रोत्साहन गर्ने लगायतका महत्त्वपूर्ण एजेन्डाहरू पास गर्दै घोषणापत्र जारी गरेको हो ।

    उद्घाटन समारोहमा बोल्दै उहाले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा व्यवस्थित निर्माणसंस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताउनुभयो

    मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री दीगोसंरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।उहाँले वास्तुशास्त्रले मानव जीवन, प्रकृति निर्माणबीच सन्तुलन कायम गर्ने अवधारणालाई अघि सारेको उल्लेख गर्दै यसको अध्ययन, अनुसन्धान व्यवहारिक प्रयोगलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो att.fU7MUBYDP1fChfjErYLLhxhMR_q5pY6LijnYBm019Wo.jpeg

    आचार्यले नेपालको मौलिक ज्ञान, संस्कृति सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सम्मेलनले महत्वपूर्णयोगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो उहाँले वास्तु, ज्योतिष तथा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासकारूपमा नभई अनुसन्धान प्रमाणका आधारमा व्याख्या तथा विकास गर्नुपर्ने धारणा राख्नुभयो

    उहाँले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न, सांस्कृतिक सम्पदाको संरक्षण गर्न तथा नयाँ पुस्तालाई मौलिकज्ञानसँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो साथै, प्रदेश सरकारले ज्ञान, संस्कृति पर्यटनप्रवर्द्धनसँग सम्बन्धित कार्यलाई प्राथमिकता दिएको बताउनु भएको हाे

    सम्मेलनमा वास्तुशास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूकोउपस्थिति रहेको प्रदेश सभापति चुरामणि पाण्डे कान्छो ज्योतिषले बताउनुभयो । सो अवसरमा दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा देशकै प्रतिष्ठित वास्तुबिज्ञहरूले वास्तुको उर्जालाइ सहि ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।att.v2LIrlqz_J9T0zqe163joF4vIrNq0w3mF-wLswTl4U8.jpeg

    कार्यक्रममा वास्तुशास्त्रको वर्तमान अवस्था, यसको वैज्ञानिक पक्ष तथा व्यवहारिक प्रयोगका विषयमा छलफलभएको महासचिव बद्रिप्रसाद भट्टराईले बताउनुभयो ।

    सम्मेलनमा ३०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न अवार्डहरू समेत प्रदान गरिएको थियो। सो अवसरमा ,आचार्य लक्ष्मण गौतम,सुन्दर भण्डारी , बर्दघाटका नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ , तिला अधिकारी लगायतले बोल्नुभएको थियो।att.3f8DPmh6ARu8LVhYp-fclvOqcCc29XJ5AFggR1j75jg.jpegatt.eVKQhisDB7TnVxFbuNYz0UcH9klTm-5PPuksLhk4c_A.jpeg

     

    यी हुन् घोषणापत्रका मुख्य मुख्य बुंदाहरू

     

    . मौलिकताको संरक्षण राष्ट्रिय प्रवर्द्धन नेपाली सभ्यताको मेरुदण्डका रूपमा रहेको प्राचीन वास्तु विज्ञानकोमौलिकता, शास्त्रीय मर्यादा सांस्कृतिक गरिमालाई संस्थागत गर्दै यसको प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमाअघि बढाउनेछौँ

    . अनुसन्धान, अभिलेखीकरण प्रकाशन ASTRO नेपालमा छरिएर रहेका वास्तु सम्बन्धी प्राचीन ग्रन्थ, परम्परागत अभ्यास लोकअनुभवहरूको वैज्ञानिक अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण गरी तिनकोप्रकाशनलाई प्रोत्साहन गर्नेछौँ

    . आधुनिक इन्जिनियरिङ वास्तुकलासँग समन्वय वास्तुशास्त्रलाई केवल परम्परामा मात्र सीमित नराखीआधुनिक इन्जिनियरिङ, वास्तुकला (Architecture), निर्माण प्रविधि दिगो वातावरणीय विकासकोअवधारणासँग व्यावहारिक रूपमा फ्युजन (समन्वय) गर्नेछौँ

    . युवा पुस्तामा सीप व्यावसायिकता हस्तान्तरण नयाँ पुस्तामा वास्तुविज्ञानप्रति वैज्ञानिक दृष्टिकोण पैदा गर्नतथा यस क्षेत्रमा व्यावसायिक दक्षता बढाउन नियमित तालिम, प्राज्ञिक गोष्ठी, सम्मेलन जनचेतनामूलककार्यक्रमहरू सञ्चालन गर्नेछौँ

    . भ्रम विकृतिको अन्त्य, उत्तरदायी अभ्यास वास्तुशास्त्रका नाममा फैलाइने भ्रम, अन्धविश्वास अनैतिकव्यावसायिक अभ्यासलाई पूर्ण रूपमा निरुत्साहित गर्दै शास्त्रसम्मत, अनुसन्धानमा आधारित समाजप्रतिउत्तरदायी सेवालाई मात्र प्रोत्साहन गर्नेछछौँ

    . विज्ञहरूको राष्ट्रिय सञ्जाल सहकार्य वास्तुविद्, ज्योतिषविद्, इन्जिनियर, आर्किटेक्ट नीति-निर्माताहरूबीच निरन्तर ज्ञान अनुभव आदान-प्रदानका लागि एउटा बलियो 'राष्ट्रिय सञ्जाल (National Network)'निर्माण गरी सहकार्य गर्नेछौँ. अभियानको निरन्तरता नीतिगत कार्यान्वयन यस अभियानलाईलुम्बिनी प्रदेशबाट प्रारम्भ गरी देशैभर अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्नेछौँ

    यस घोषणा-पत्रलाई आगामी दिनमा भवन निर्माण सहरी विकासको नीतिगत मापदण्डमा समेट्न नेपाल सरकारसमक्ष ठोस मार्गदर्शक दस्तावेजका रूपमा पेश गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्ध रहनेछौँ"सनातन वास्तु परम्पराको संरक्षण हाम्रो दायित्व, समुन्नत नेपालको निर्माण हाम्रो साझा प्रतिबद्धता।"

    IMG_6073.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ २८ २०८३०८:३३:२५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology