Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमआरआरको भजनले गुञ्जियो बुटवल

एमआरआरको भजनले गुञ्जियो बुटवल

  • 1.7K
    SHARES

  • एमआरआरको भजनले गुञ्जियो बुटवल

    बुटवल ,असार २७ ।

    एमआरआरको भजन आज बुटवलमा भएको छ । बुटवल ११ देवीनगरमा भएको भजनमा हजारौं श्रद्धालुको घुंईचो थियो ।

    भक्तिमय वातावरणमा गाइएका भजनहरूले सहभागीहरूलाई भावविभोर बनाएको थियो,उनीह र्‍भजनमा झुमेर नाचेका थिए । कार्यक्रममा सहभागीहरूले भजनसँगै आरतीमा पनि सक्रिय सहभागिता जनाएका थिए।

    एमआरआरका युवाहरूले हरेक शनिबार नियमित रूपमा भजन कार्यक्रम आयोजना गर्दै आएका छन्। यसले स्थानीय युवाहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्दै धार्मिक तथा सांस्कृतिक जागरणमा योगदान पुर्‍याइरहेको स्थानीयहरू बताउँछन्।

    कार्यक्रममा सहभागी एक श्रद्धालुले भने,-“यस्ता भजनले मन शान्त हुन्छ र हामी युवाहरूलाई पनि सही बाटोमा लाग्न प्रेरणा मिल्छ।”

    यो कार्यक्रमले बुटवल क्षेत्रमा साप्ताहिक रूपमा धार्मिक क्रियाकलापलाई प्रोत्साहन दिइरहेको छ।

    एमआरआरका आयोजकहरूले आगामी दिनमा पनि यो सिलसिला निरन्तर राख्ने र थप व्यवस्थित बनाउने अभियानमा लागिरहेका लम्बु सरकारले नागरिक अनलाइनलाइ बताए यसपटकको शनिबार नवदुर्गा मन्दिर परिषरमा भजन भएको हो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology