बुटवल,असार २७ ।
गौतम बुद्ध मानव सेवा केन्द्र, रूपन्देहीको कार्यालय उद्घाटन तथा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । बुटवल ६ चाँदबारी एकता पथमा कार्यालय शुभारम्भ भएको हो । संस्थाका अध्यक्ष विक्रम तिवारीको अध्यक्षता एवं बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यमा भएकोहो।
त्यसैगरी विशिष्ट अतिथिका रूपमा बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, वडा नं. ३ का वडा अध्यक्ष, विभिन्न सामाजिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख खिलराज पाण्डेबाट पानसमा दीप प्रज्वलन तथा कार्यालयको होर्डिङ बोर्डको पर्दा अनावरण गरी सम्पन्न गरिएको थियो। संस्थापक सदस्य मोहनविक्रम जिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक रामप्रसाद शर्मा सापकोटाले गर्नुभएको थियो।
नेपाल नियमित रक्तदाता केन्द्रीय समितिको समन्वयमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ४३ युनिट रगत सङ्कलन भएको संस्थाले जनाएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, अतिथिवर्ग, सहयोगी संघ–संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति संस्थाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
उक्त कार्यक्रम सम्बन्धी जानकारी गौतम बुद्ध मानव सेवा केन्द्र, रूपन्देहीका कार्यक्रम संयोजक रामप्रसाद शर्मा सापकोटाले दिनुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)