Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महासंघको स्थापना दिवसमा बुटवल मोबाइल संघद्वारा रक्तदान ,६१ पिन्ट संकलन

महासंघको स्थापना दिवसमा बुटवल मोबाइल संघद्वारा रक्तदान ,६१ पिन्ट संकलन

  • 861
    SHARES

  • महासंघको स्थापना दिवसमा बुटवल मोबाइल संघद्वारा रक्तदान ,६१ पिन्ट संकलन

    बुटवल ,असार २६ ।
    नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौं स्थापना दिवसमा बुटवल मोबाइल संघ, रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको अध्यक्ष दिपेन्द्र पाण्डेले नागरिक अनलाइनलाइ बताए ।

    संघका अध्यक्ष दिपेन्द्र पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय सचिव विष्णु ज्ञवाली प्रमुख अतिथि, नेपाल मोबाइल वितरक संघ लुम्बिनीका अध्यक्ष राजेन्द्र पाण्डे विशिष्ट अतिथि तथा महासंघका केन्द्रीय सदस्य शिवदेव अर्याल र लुम्बिनी प्रदेशका डी.एन. भण्डारी लगायतले बोलेका थिए।

    संघले रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै, रक्तदान कार्यक्रमको संयोजन दीपक आचार्यले गरेका थिए।

    कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य ,सल्लाहकार जिल्लाभरका मोबाइल व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको महासचिव पुरूषोत्तम खनालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology