Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वेस्टर्न मेगामा ‘कोडफेस्ट २०२६’ सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर

वेस्टर्न मेगामा ‘कोडफेस्ट २०२६’ सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर

  • 1.2K
    SHARES

  • वेस्टर्न मेगामा ‘कोडफेस्ट २०२६’ सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर

    बुटवल, असार २५ ।

    सूचना प्रविधि क्षेत्रमा अध्ययनरत युवाको नवप्रवर्तन क्षमता र व्यावसायिक सीप विकास गर्ने उद्देश्यले वेस्टर्न मेगा कलेज प्रालि र कोड फर चेन्ज रुपन्देहीबीच ‘कोडफेस्ट २०२६’ सञ्चालनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

    एक कार्यक्रमका बिच विहिबार सम्झौतापत्रमा वेस्टर्न मेगा कलेजका प्राचार्य अधिवक्ता किशु शर्मा र कोड फर चेन्ज रुपन्देहीका प्रोजेक्ट लिड दीपेश पोखरेलले हस्ताक्षर गरे । सम्झौतासँगै वेस्टर्न मेगा कलेज कोडफेस्ट २०२६ को रुपन्देही प्रादेशिक चरणको आधिकारिक गोल्ड स्पोन्सर तथा मुख्य भेन्यु पार्टनर बनेको छ ।

    सम्झौताअनुसार ह्याकाथन सञ्चालनका लागि कलेजले आवश्यक सेमिनार हल, कन्फरेन्स कक्ष, उच्च गतिको इन्टरनेट, २४ सै घण्टा विद्युत् आपूर्ति, प्रिन्टिङ सुविधा तथा अन्य प्राविधिक पूर्वाधार उपलब्ध गराउने जनाएको छ ।

    यसका साथै कार्यक्रम अवधिभर सहभागी, आयोजक, मेन्टर र निर्णायकसहित करिब ७० जनाका लागि सुरक्षित आवास (ओभरनाइट लजिङ) तथा करिब ८० जनाका लागि दुई दिनसम्म खाना र खाजाको व्यवस्था पनि कलेजले गर्ने प्राचार्य शर्माले जानकारी दिए ।

    आयोजकका अनुसार आगामी श्रावणको दोस्रो सातामा अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम सञ्चालन गरिनेछ भने श्रावण १६ र १७ गते मुख्य ह्याकाथन प्रतियोगिता वेस्टर्न मेगा कलेज परिसरमा आयोजना हुनेछ । प्राचार्य शर्माले सूचना प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गर्दै विद्यार्थीलाई रोजगारमुखी तथा प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमलाई कलेजले निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

    वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा बीएचएम अध्यापन गराउँदै आएको छ । यसै शैक्षिक सत्रदेखि कलेजले चारवर्षे बीआईटी कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology