Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा सुशीला पोखरेल

इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा सुशीला पोखरेल

  • 672
    SHARES

  • इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा सुशीला पोखरेल

    बुटवल ,असार २५ ।

    इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा पत्रकार सुशीला पोखरेल निर्विरोध निर्वाचित भएकी छन्  ।

    वर्ष २०२६/२७ का लागि पोखरेल क्लवको अध्यक्षमा चयन भएकी हुन् । अध्यक्षमा चयन भएकी उनी रेडियो मुक्तिमा कार्यरत छिन् ।

    पत्रकारिता र सामाजिक कार्यमा सक्रिय पोखरेलले महिला सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएकी छन् ।  क्लवमा रहँदा इमान्दारिता र कर्तव्यनिष्ठाका साथ काम गर्दै आएका कारण पोखरेलले छोटो समयमै अध्यक्षको जिम्मेवारी पाएकी हुन् । क्लवको अध्यक्षमा चयन भएसँगै उनले समाजसेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने  बताएकी छन् । उनले महिला नेतृत्व विकास, मित्रता, समाजसेवा र मानवीय सहयोगलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्नुको साथै महिला सशक्तीकरण तथा सामुदायिक विकासका गतिविधिहरूलाई सक्रिय बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरिन् ।

    कार्यक्रमका प्रमुख अतिथि इनरह्वील डिष्ट्रिक ३५० नेपालका चियरमेन डा.सृष्टि श्रेष्ठ प्रजापतिले इनरह्वील क्लवहरुले  विशेषगरी महिला सशक्तीकरणका कार्यक्रममा केन्द्रित रहन आग्रह गर्नुभयो। श्रेष्ठले स्वास्थ्य , बन वातावरण संरक्षणका लागि बृक्षरोपण र समाजमा आवश्यकताका आधारमा गुणत्मक काम गर्न निर्देशन दिनुभयो ।

    चियरमेन श्रेष्ठका अनुसार इनरह्वील क्लवहरुले समाजमा अझ प्रभावकारी भूमिका खेल्दै आपसी मित्रतालाई कायम राख्दै नयाँ सोँच नयाँ उर्जाका साथ समाजमा सकारात्मक सन्देश दिने गरि काम गर्न जरुरी छ । डिष्ट्रिक ३५० नेपालका  पास्ट डिष्ट्रिक

    चियरमेन  आसा श्रेष्ठले स्वास्थ  शिक्षा  बालबालिका  महिला बिकासको काममा यो क्लबले  काम गर्दै  आएको  छ त्यस्लाई निरन्तरता दिन आग्रह  गर्नु भयो  । समाज सुधारका कार्यक्रम  गर्न पनि आग्रह  गर्नु भयो  । राेटरि कलब अफ बुटवलका अध्यक्ष यदु नाथ पाण्डेले बर्ष 25/27को कार्यकाल सप्पन्न  गरेकोमा जुनु भणडारिलाई बधाई  दिदै  बर्ष 26/27 का नव  निवाचित अध्यक्षलाई यो बर्ष  अझै  उत्कृष्ट  कार्यक्रमहरु गरेर उदाहरण  देखाउन सुभकामना दिदै आफुले निरन्तर  सहयोग  गर्ने प्रतिबद्ध  ब्याक्त गर्नु भयो  । कार्यक्रममा   इनरह्वील क्लब  अफ  बुटवलका बर्ष  २६/२७ का अध्यक्ष  लुना श्रेष्ठले नयाँ  कार्यसमितिलाई  उत्कृष्ट  कार्यक्रम  गरि अगाडि जान सुभकामना दिनु भएको थियोे  कार्यक्रममा पुर्व  अध्यक्ष  राधा  भटटाराई अधिकार  ,राधिका रिजाल  , तृष्णा  श्रेष्ठ  लगाएतले सुभकामना दिनु भएको  थियोे ।

    क्लवको वर्ष २०२६/२७ का लागि आइपिपिमा जुनु भण्डारी, भिपिमा गिता खनाल, सचिवमासुधा न्यौपाने, काेषाध्यक्षमा कविता परियार, आइएसाेमा राधिका गौतम, एडिटरमा प्रेरणा केसी विमला, एक्जुकेटिभ मेम्बरमा सविता बिक, कल्पना खनाल, जोईन सेक्रेटरीमा बिजु पौडेल र जोईन टे«जररमा सृष्टि अधिकारी भुसाल चयन भएका छन् । नवर्निवाचित  पदाधिकारहीहरुको पद हस्तान्तरण समेत भएको छ ।

    वर्ष २०२५/२६ का अध्यक्ष जुनु भण्डारीले नवनिर्वाचित  पदाधिकारीलाई पद हस्तान्तरण गरेकी हुन् । क्लबले सोही अवसरमा रुपन्देही जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका १३ जना विद्यार्थीहरूलाई जनही ५ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान समेत गरेको छ । कार्यक्रममा इनरह्वील क्लबका पूर्व अध्यक्षहरू, सम्पूर्ण शाखाका अध्यक्ष तथा प्रतिनिधि इनरव्हील सदस्यहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव  सुधा  न्यौपानेको र धन्यवाद  मन्तव्य  भिपी गिता खनालको रहेको थियो   । क्लबको कार्यकाल एक वर्षको हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आषाढ २५ २०८३०९:३९:५६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology