Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नाडाद्वारा बुटवलमा ट्राफिक प्रहरीलाई हेल्मेट तथा रिफलेक्टर ज्याकेट प्रदान

नाडाद्वारा बुटवलमा ट्राफिक प्रहरीलाई हेल्मेट तथा रिफलेक्टर ज्याकेट प्रदान

  • 156
    SHARES

  • नाडाद्वारा बुटवलमा ट्राफिक प्रहरीलाई हेल्मेट तथा रिफलेक्टर ज्याकेट प्रदान

    बुटवल,असार २४ ।
    नेपाल अटोमोबाइल्स एशोसिएसन (नाडा) को स्वर्ण जयन्तीको अवसरमा बुधबार बुटवलमा ट्राफिक प्रहरीलाई हेल्मेट तथा रिफलेक्टर ज्याकेट वितरण गरिएको छ ।

    एक कार्यक्रमका बिच(नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, लुम्बिनीका अध्यक्ष गणेश प्रसाद भट्टराई, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधि खरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापालाई १२ पिस हेल्मेट र सेफ्टी ज्याकेट वितरण गरे ।

    एमआरपी कार्यान्वयनको विषयमा सरकारबाट कडाई गरिदै गर्दा यसबाट ईम्पोर्ट गर्न नसक्ने ब्यवसाय बन्द हुने अवस्था सृजनाको आशंका सहित कार्यक्रममा सहभागी ब्यवसायीहरुले दुखेसो गरे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, महासचिव राम प्रसाद बेल्बासेले बैज्ञानिक ढंगबाट एमआरपी कार्यान्वयन जरुरी रहेको भन्दै एमआरपी विषयमा देखिएका अन्यौलता समाधान गर्न सरकारको पहल जरुरी रहेको बताए ।

    यसैबिच नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बजारमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी व्यवस्था स्पष्ट रूपमा बुझेर कार्यान्वयन गर्न सबै व्यवसायीलाई आग्रह गरेका छन् ।

    लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपालले बुटवलमा गरेको सम्मान कार्यक्रममा केन्द्रिय अध्यक्ष उप्रेतीले एमआरपी सम्बन्धी कानुनी व्यवस्था २०४९ सालमै लागू भइसकेको उल्लेख गर्दै यस विषयमा व्यवसायीहरू अन्योलमा बस्न नहुने बताए ।

    उनका अनुसार एमआरपीमा व्यवसायीले आफ्नो नाफाको मार्जिन समावेश गर्न सक्ने व्यवस्था रहेको छ भने विदेशबाट आयात हुने केही वस्तुमा एमआरपी सम्बन्धी छुट्टै प्रावधान लागू हुन सक्ने बताए ।

    उनले उपभोक्ताको सूचना पाउने अधिकार सुनिश्चित गर्न प्रत्येक व्यवसायिक प्रतिष्ठानमा वस्तुको एमआरपी स्पष्ट रूपमा देखिने गरी मूल्यसूची राख्नुपर्नेमा जोड दिए ।c4cb3e24b7de877a4872cb217c527574.jpeg

    यसले बजारमा पारदर्शिता कायम हुनुका साथै उपभोक्ता र व्यवसायीबीच विश्वास बढ्ने उनको भनाइ थियो ।

    अध्यक्ष उप्रेतीले संस्था दर्ता ऐन, २०३३ अनुसार केन्द्रमा सदस्यता लिएका सदस्यहरूको हकहित संरक्षण, कानुनी व्यवस्था तथा व्यवसायिक अनुशासनको पालना गर्न नाडा प्रतिबद्ध रहेको समेत बताए ।att.oUqJoYwb0JKSsFyQYkYOJbMG4lF4iTGN-HRg7jY0ptk.jpeg

    कार्यक्रममा नाडा लुम्बिनी अध्यक्ष गणेश प्रसाद भट्टराईले एमआरपी सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायी, नियामक निकाय र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मूल्य पारदर्शितालाई प्राथमिकतामा राख्न सबैलाई आग्रह गरे ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology