Logo मंगलवार, श्रावण १२ गते २०८३
images

Breaking : नक्कली भुटानी शरणार्थी मुद्दाका सबै आरोपी दोषी ठहर, सजाय निर्धारण बांकी

Breaking : नक्कली भुटानी शरणार्थी मुद्दाका सबै आरोपी दोषी ठहर, सजाय निर्धारण बांकी

  • 390
    SHARES

  • Breaking  : नक्कली भुटानी शरणार्थी मुद्दाका सबै आरोपी दोषी ठहर, सजाय निर्धारण बांकी

    काठमाडौं,असार २३ ।

    उच्च पदस्थ जोडिएको नक्कली भुटानी शरणार्थी मुद्दाका सबै आरोपी दोषी ठहर भएका छन्। जिल्ला अदालत, काठमाडौंले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो।

    सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ। 
    यस मुद्दामा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल प्रतिवादी छन।

    त्यस्तै, बेचन झा, प्रतिक थापा, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी प्रतिवादी भएकोमा उनीहरु पनि दोषी ठहर भएका छन्। 
    #नागरिकअनलाइन #nagarikonline

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आषाढ २३ २०८३१०:५८:०९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology