बुटवल ,असार २३ ।
रूपन्देहीको भलुहीस्थित देवदह मेडिकल कलेजमा पहिलोपटक ढाड तथा मेरूदण्डको दुरबिन प्रविधिबाट सफल शल्यक्रिया भएकोछ ।
नसा च्यापिएका कारण दुस्ख पाएका पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ४ का ४४ बर्षिय पिताम्बर पोखरेलको दुरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको हो ।
ढाड कम्मर दुख्ने समस्याले पिडित पोखरेलले सानो प्वाल पारेर गरिएको शल्यक्रियाले आफुलाई ठूलो राहत महसुस भएको बताए ।
मेडिकल कलेजका स्पाइनल रोग बिशेषज्ञ डा अंकित कार्की र डा बिशाल श्रेष्ठ नेतृत्वको टोलीले लुम्बिनी प्रदेशमै पहिलोपटक यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
सानो प्वाल पारेर गरिने यो शल्यक्रियामा कम रक्तश्राव हुने,एक दुई दिनमै घर जान सकिने र समग्रमा जोखिम कम हुने डा अंकित कार्कीले बताए ।
यो प्रविधिबाट शल्यक्रिया गरिएको लुम्बिनी प्रदेशमै पहिलो भएको अर्का स्पाइनल रोग बिशेषज्ञ डा विशाल श्रेष्ठको भनाइ छ ।
आइतबार शल्यक्रिया गरिएका पोखरेल आफै शौचालय जानसक्ने भएपछि मंगलबार डिस्चार्ज भएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत मुक्ति काफ्लेले नागरिक अनलाइनलाइ जानकारी दिए ।
देवदह मेडिकल कलेजले पछिल्लो पटक नयाँ नयाँ प्रविधिमार्फत उपचार विधिलाइ अवलम्बन गरिएको अध्यक्ष गोपालबहादुर पोख्रेलले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)