Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हिसान सप्ताह : हाजिरीजवाफ प्रतियोगिताको उपाधी ग्लोरियसलाई

हिसान सप्ताह : हाजिरीजवाफ प्रतियोगिताको उपाधी ग्लोरियसलाई

  • 4.0K
    SHARES

  • हिसान सप्ताह : हाजिरीजवाफ प्रतियोगिताको उपाधी ग्लोरियसलाई

    बुटवल,फागुन १ - 

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको हिसान सप्ताह अन्तरगत शनिबार भएको हाजिरीजवाफ प्रतियोगिताको उपाधी ग्लोरियस मावि बुटवलले जितेको छ ।

    हिसानको कार्यालय तिलोत्तमा शंकरपुरमा भएको जिल्ला स्तरीय प्रतियोगितामा ग्लोरियसका विद्यार्थी सन्तोष न्यौपाने, आकृति रेग्मी र अजय क्षेत्रीले उपाधी जितेका हुन् । यस्तै मुनलाईट मावि सिनपा द्वितीय भएको छ । विद्यार्थी सृजना भट्ट, विनय अग्रहरी र शिवकुमार चाईले मनलाईटलाई द्वितीय बनाएका हुन् । प्रतियोगितामा सुनगाभा मावि सैनामैना तृतिय भएको छ ।

    सुनगाभाका अमृत अर्याल, सरोज अर्याल र सरोज वरईले तृतिय स्थान हासिल गरेका कार्यक्रम संयोजक हिसान रुपन्देहीका सचिव पुष्प घिमिरेले जानकारी दिनुभयो ।

    हिसानका मधुप्रकाश ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा राजेशराज जोशि, गोपाल प्रसाद न्यौपाने, बाबुराम बन्जाडे, अनिल लामिछाने लगायतले विजयी समुहलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

    विजयी समुहलाई आईतबार बुटवलमा हुने हिसान सप्ताह समापन समारोहमा पुरस्कृत गरिने सचिव घिमिरेले बताउनुभयो । यसैबीच हिसान जिल्ला स्तरीय भलिवल प्रतियोगिताको फाईनलमा छात्रतर्फ एभरेष्ट मावि बुटवल र मणिमुकन्द मावि तथा छात्रातर्फ एभरेष्ट र सगरमाथा मावि देवदह प्रतिस्प्रध गर्ने भएका छन् ।

    फाईनल खेल आईतबार हुने खेल संयोजक यमबहादुर रानाले जानकारी दिनुभयो । संयोजक रानाका अनुुसार छात्रतर्फ सिद्धार्थ माविलाई हराएर एभरेष्ट र सेन्ट जोसेफलाई हराएर मणिमुकुन्द फाईनलमा पुगेको हो भने छात्रातर्फ होराईजन जिवीएसलाई हराएर सगरमाथा र न्यू होराईजनलाई हराएर एभरेष्ट फाईनलमा पुगेका हुन् ।

    भलिवलसँगै हिसान सप्ताहको आईतबार समापन हुने अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology