Logo बिहिवार, आश्विन १ गते २०८३
images

इस्लामिक नयाँ वर्ष १४४८को अवसरमा रक्तदान, ६४ युनिट रगत संकलन

इस्लामिक नयाँ वर्ष १४४८को अवसरमा रक्तदान, ६४ युनिट रगत संकलन

  • 324
    SHARES

  • इस्लामिक नयाँ वर्ष १४४८को अवसरमा रक्तदान, ६४ युनिट रगत संकलन

    बुटवल, २२ असार । 

    रगतको अभाव भइरहेका बेला बुटवलका मुस्लिम समुदायले ९ औँ वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

    इस्लाम धर्मावलम्बीहरूको इस्लामिक नयाँ वर्ष १४४८ हिजरी तथा मोहर्रम महिनामा कर्बलाका सहिद इमाम हुसेन (रदियल्लाहू तआला अन्हु) को स्मृतिमा रजा–ए–मुस्तफा मस्जिद समितिले कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका–१ का कार्यवाहक वडा अध्यक्ष अशोक राईले बुटवलको ऐतिहासिक महत्व बोकेको रजा–ए–मुस्तफा मस्जिदबाट धार्मिक गतिविधिसँगै शिक्षा र सामाजिक सेवामा पनि उल्लेखनीय योगदान पु¥याउँदै आएको बताए । उनले समितिबाट वडाभित्रका विद्यालय तथा मदरसामा भौतिक र शैक्षिक सहयोग गर्दै आएको कार्य प्रशंसनीय रहेको उल्लेख गरे ।
    कार्यक्रममा समितिका अध्यक्ष अब्दुल सहमतले रक्तदानलाई जीवनदानको महान् कार्य भएको उल्लेख गर्दै मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको बताए ।

    उनले समाजमा रगत अभावका कारण कुनै पनि बिरामीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।
    कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष अकबर खानले मानवताको सेवामा समर्पित भएर संस्था अघि बढिरहेको बताए । बिरामीलाई फलफूल वितरण, अनाथ तथा अपाङ्ग व्यक्तिलाई सहयोग, शैक्षिक सामग्री वितरणलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले संस्थाले कामकै आधारमा समाजमा पहिचान बनाएको बताए ।
    इमाम मुक्ति साबले पवित्र कुरानमा उल्लेखित मानव सेवाको महत्वबारे प्रकाश पार्दै “जसले एउटा मानिसको जीवन बचाउँछ, उसले सम्पूर्ण मानव जातिको जीवन बचाएसरह हुन्छ” भन्ने सन्देश सुनाएका थिए ।
    यसैबीच, बुटवल उपमहानगरपालिका–१ वडा कार्यालयको सहयोगमा समितिद्वारा सञ्चालित मदरसामा अध्ययनरत २५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय झोला, फोटोकपी पेपर तथा पोर्टेबल स्पिकर सिस्टम हस्तान्तरण गरिएको थियो ।
    कार्यक्रममा समितिका पूर्वअध्यक्ष मक्बुल मियाँ, संस्थापक अध्यक्ष मोहम्मद इस्लाम, मदिना मस्जिद समितिका सबुर मियाँलगायतले समाज रुपान्तरणमा सामाजिक तथा धार्मिक संस्थाहरुको योगदानबारे चर्चा गरे ।

    नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६४ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समितिका महासचिव हसरदिनले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ २२ २०८३०९:१७:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology