Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शेफर्ड कलेजलाई ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ अवार्ड

शेफर्ड कलेजलाई ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ अवार्ड

  • 546
    SHARES

  • शेफर्ड कलेजलाई ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ अवार्ड

    काठमाडौं,असार २२।

    शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले एजुकेशन एक्सिलेन्स अवार्ड–२०२६ अन्तर्गत प्रतिष्ठित ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ सम्मान प्राप्त गरेको छ ।

    काठमाडौंस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आइतवार आयोजित विशेष समारोहमा वातावरणविद् तथा पर्यटन व्यवसायी कर्ण शाक्य र नविल बैंकका सीईओ मनोज ज्ञवालीले संयुक्त रुपमा कलेजलाई हस्तान्तरण गरेका हुन् ।  

    उक्त सम्मानले नेपालमा मिडिया तथा प्रविधि शिक्षाको क्षेत्रमा शेफर्ड कलेजले पु¥याएको दीर्घकालीन योगदानलाई औपचारिक रूपमा सम्मान गरेको हो ।

    २५ वर्षभन्दा लामो शैक्षिक यात्रामा शेफर्ड कलेजले मिडिया तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । नेपालको पहिलो मिडिया टेक्नोलोजी कलेजका रूपमा स्थापित यस संस्थाले सञ्चार तथा प्रविधि शिक्षामा नयाँ आयाम थप्दै आएको कलेजको भनाइ छ ।

    कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी), ब्याच्लर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) र ब्याच्लर्स अफ इन्फरमेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
    कलेजका अनुसार यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका अग्रणी सञ्चारमाध्यम, सूचना प्रविधि कम्पनी तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कार्यरत छन् ।

    मिडिया, सूचना प्रविधि तथा सामाजिक विकासका क्षेत्रमा कलेजका पूर्वविद्यार्थीहरूले उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । अवार्ड प्राप्तिपछि कलेजले यो सम्मान २५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय मिडिया तथा प्रविधि शिक्षा प्रदान गर्ने आफ्नो निरन्तर प्रयासको कदर भएको क्याम्पस प्रमुख प्रेम पुन्थोकीले बताए ।

    आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, व्यावसायिक दक्षता तथा नवीन प्रविधिमैत्री शिक्षालाई थप सुदृढ बनाउँदै देशका लागि सक्षम जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता उनको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology