बुटवल,असार २१ ।
चर्को गर्मीको बिचमा बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा रहेको सामाजिक संस्था जि२५ क्लबले नागरिकलाई राहत दिने उद्देश्यले चिसो पिउने पानी वितरण कार्यक्रम सुरु गरेको छ ।
आज बुटवल वडा नं. ८ चौराहामा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रूपमा बुटवल वडा नं. ८ का जनप्रतिनिधि सीता खनालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जनप्रतिनिधि सीता खनालले गर्मीको मौसममा जि२५ क्लबले गरेको यो सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता क्रियाकलापले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । क्लबका अध्यक्ष सजनकुमार भारीले “जनताको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको हो” भन्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
जि२५ क्लबले यो कार्यक्रमलाई तीन दिनसम्म सञ्चालन गर्ने भएको छ ।२१ गते चौराहा,२२ गते अस्पताल लाइन र २३ गते देवीनगर चौपारीमा गरि तीन ठाउँमा चिसो र शुद्ध खानेपानी निःशुल्क रूपमा वितरण गरिने कार्यक्रम संयोजक राजन क्षेत्रीले बताउनुभयो ।
गर्मी बढेसँगै स्थानीय बासिन्दा, यात्रु तथा कामदारहरूले यसबाट ठूलो राहत पाउने अपेक्षा गरिएको छ । जि२५ क्लबले विगतमा पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ र यसलाई निरन्तरता दिने योजना बनाएको छ ।
जि२५ क्लब ले समाजसेवी भावनाका साथ यस्ता कार्यक्रमहरू मार्फत स्थानीय समुदायलाई सहयोग पुर्याउँदै आएको छ ।महासचिव भेषराज अर्यालको संचालनमा कार्यक्रम भएको हो । कार्यक्रममा क्लवका संस्थापक,पुर्व अध्यक्षहरू, संरक्षक, पदाधिकारी, सदस्य, आजिवन सदस्य,सल्लाहकारहरूको सक्रिय सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)