Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकार अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अग्रसर : प्रचण्ड

सरकार अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अग्रसर : प्रचण्ड

  • 183
    SHARES

  • सरकार अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अग्रसर : प्रचण्ड

    काठमाडौं,असार २१ ।

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अग्रसर भएको आरोप लगाएका छन्।

    आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फेरि एकपटक सबै मिलेर जुर्मुराउनुपर्ने अवस्था आइलागेको टिप्पणी गरे।

    ‘यो सरकार सुशासन र विकासको निम्ति होइन, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दै छ,’ उनले भने।

    आफूहरू वर्गसंघर्ष, विचार र रणनीतिलाई बेवास्ता गरेर बिग्रिएको उल्लेख गर्दै प्रचण्डले त्यसको मुख्य जिम्मेवारी आफैँले लिने बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology