बुटवल,असार २० ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकार सम्मान तथा फेलोसिप वितरण कार्यक्रम गरेको छ ।
सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा गरिएको कार्यक्रममा रुपन्देहीको भैरहवालाई कार्यथलो बनाई लामो सयम पत्रकारीता गर्नु भएका अग्रज एक दर्जन पत्रकारलाई शुक्रबार एक कार्यक्रमको अयोजना गरि सम्मान गरिएको हो ।
कार्यक्रममा अग्रज पत्रकारहरुलाई सम्मान गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमत खाँनले पत्रकारले स्थानीय विकास निर्माणका मुद्धा उठाउनुका साथै स्थानीय निकायलाई जवाफदेही बनाउने खालका विषयलाई समाचार बनाउन आग्रह गर्नुभयो
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेयको अध्यक्षतामा भएको कार्यक्तममा महासंघका केन्दीय सदस्य रामराज पोखरेल, पुर्व अध्यक्ष बालकृष्ण चापागाई, अग्रज पत्रकार मदनलाल पौडेललगायतले आआफ्ना भनाई राख्नु भएको थियो । सचिव सिपी खनालको संचालनमा भएको कार्यक्रममा एक दर्जन स्थानीय पत्रकारहरुलाई स्थानीय विकास र योजना र पुर्वाधारकाका विषयमा समाचार प्रकाशन गर्ने गरि फेलोसीप प्रदान गरिएको कोषाध्यक्ष तथा कार्यक्रम संयोजक नरेश केसीले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)