Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त

कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त

  • 393
    SHARES

  • कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त

    काठमाडाैँ,असार १९ ।

    नेपाली कांग्रेसले आफ्नो नीति प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा. सुरेश आचार्यलाई नियुक्त गरेको छ। 

    कांग्रेसले आज (शुक्रबार) बिहान विज्ञप्ति जारी गरी पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको विधानबमोजिम साउन १ देखि लागु हुने गरी डा. आचार्य (भक्तपुर) लाई प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको जानकारी गराएको हो।

    नेपाली कांग्रेसमा उपसभापति शर्मा प्रचार विभाग प्रमुख हुँदा आचार्य उपप्रमुख थिए। यस्तै कांग्रेसका तत्कालीन उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पनि आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए।

    नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्।कांग्रेस र एमाले गठबन्धन सरकारले आचार्यलाई राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त बनाएको थियो।

    तर रास्वपाका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेपछि आचार्य राष्ट्रिय सूचना आयोगबाट बिदा भएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology