Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल ब्युटिसियन संघ रुपन्देहीको २० औं स्थापना दिवस : बुटवलमा रक्तदान कार्यक्रम

नेपाल ब्युटिसियन संघ रुपन्देहीको २० औं स्थापना दिवस : बुटवलमा रक्तदान कार्यक्रम

  • 1.1K
    SHARES

  • नेपाल ब्युटिसियन संघ रुपन्देहीको २० औं स्थापना दिवस : बुटवलमा रक्तदान कार्यक्रम

    बुटवल, असार १८ ।

    नेपाल ब्युटिसियन संघ रुपन्देहीले आफ्नो २० औं स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत  रक्तदान कार्यक्रम भएको जिल्ला अध्यक्ष अनिता खत्री चुदालीले बताउनुभयो । अध्यक्ष  खत्रीले भन्नुभयो,- “२० वर्षको यात्रामा हामीले व्यावसायिक विकाससँगै सामाजिक कार्यलाई पनि प्राथमिकता दिँदै आएका छौं । यो रक्तदान कार्यक्रम हाम्रो सामाजिक प्रतिबद्धताको एउटा सानो कदम हो । रक्तदान जीवनदान हो भन्ने भावनाका साथ सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको छ ।”

    प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठले ब्युटिसियन संघको सामाजिक कार्यको प्रशंसा गर्दै भन्नुभयो, “व्यावसायिक संघहरूले यस्ता रचनात्मक र सामाजिक कार्य गर्नु अत्यन्त सराहनीय छ । रक्तदान जस्तो महत्त्वपूर्ण कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ ।”

    संस्थापक अध्यक्ष शान्ता शर्माले संघको विगत २० वर्षको यात्राको संक्षिप्त समीक्षा गर्दै भावी योजनाहरूबारे पनि चर्चा गर्नुभयो । कार्यक्रम संयोजक पिपला स्वर्णकार बिकेले सम्पूर्ण सहभागी, रक्तदाताहरू र सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    कार्यक्रममा संघका संस्थापक अध्यक्ष शान्ती शर्मा,निवर्तमान अध्यक्ष रेनु कर्माचार्य, बुटवल नगर उपाध्यक्ष सरिता गिरी, कार्यक्रम संयोजक पिपला स्वर्णकार बिके,शुद्धाेदनको अध्यक्ष अनु जिसी लगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।

    कार्यक्रममा ४१ जनाले रक्तदाताहरूले रक्तदान गरेका थिए । रक्तसञ्चार केन्द्र बुटवलसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमले स्थानीय स्तरमा रक्तदानको महत्वबारे जनचेतना फैलाउने अपेक्षा गरिएको छ ।

    नेपाल ब्युटिसियन संघ रुपन्देहीले विगतका वर्षहरूमा पनि विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । २० औं स्थापना दिवसलाई विशेष बनाउन आयोजित यो कार्यक्रमले संघको सामाजिक भूमिकालाई थप उजागर गरेको छ ।

    कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा सर्वसाधारणले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology