बुटवल ,असार १५ ।
बुटवल उपमहानगरपालिका १३ बँदेलपोखरी स्थित जितेश्वरी टोल विकास संस्था तथा जितेश्वरी आमा समुहले संयुक्त रुपमा वृक्षारोपण गरेको छ ।
टोल विकास संस्थाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा जितेश्वरी माध्यमिक विद्यालय परिसरमा सरसफाई तथा वृक्षारोपण गरेका हुन् ।
जितेश्वरी माविको पूर्व पट्टी खाली जग्गालाई मिनि पार्कको रुपमा व्यवस्थित गर्ने गरी वृक्षारोपण गरिएको टोल विकास संस्थाका अध्यक्ष दशंरथ पौडेलले बताए । आपँ, फुल, वर, पिपल लगायतका विभिन्न प्राजाजिका २० वटा विरुवाहरु वृक्षारोपण गरेको अध्यक्ष पौडेलले बताए ।
वृक्षारोपण गरेर मात्रै नहुने भएकाले त्यसको संरक्षण पनि गर्नु पर्ने भएकाले थोरै वृक्षारोपण गरेर ती सबै विरुवाहरुको संरक्षण पनि टोल विकास संस्था र आमा समूहले गर्ने गरि वृक्षारोपण गरिएको अध्यक्ष पौडेलले बताए ।
गत वर्ष पनि असार १५ गते नै वृक्षारोपण गरेता पनि संरक्षणको अभावमा केही विरुवा मरेको समेत बताए ।
साथै जितेश्वरी टोल विकास संस्था विश्व वातावरण दिवसको अवसरमा खानेपानी संस्थाले आयोजना गरेको कार्यक्रममा दोस्रो भएको बताए । वृक्षारोपण कार्यक्रममा जितेश्वरी आमा समुहकी अध्यक्ष सिता कार्की, टोल विकास संस्थाका प्रदाधिकारी सदस्य लगायतको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)