Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासंघ रुपन्देहीद्वारा मेचीकालीका गिरी,गोरखापत्रका पाण्डे र बुटवल टुडेकी केसी पुरस्कृत

पत्रकार महासंघ रुपन्देहीद्वारा मेचीकालीका गिरी,गोरखापत्रका पाण्डे र बुटवल टुडेकी केसी पुरस्कृत

  • 1.5K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीद्वारा मेचीकालीका गिरी,गोरखापत्रका पाण्डे र बुटवल टुडेकी केसी पुरस्कृत

    बुटवल,असार १५ ।

    नेपाल पत्रकार महासंघ, रुपन्देहीले स्थापना गरेएको उत्कृष्ट पत्रकारिता पुरस्कार र  सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट रुपन्देहीका तीन जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।

    बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापना भएको पुरस्कार सोमबार एक कार्यक्रमको आयोजना गरि रुपन्देहीका तीन जना पत्रकारहरुलाई प्रदान गरिएको हो ।

    नेपाल पत्रकार महासंघ, रुपन्देहीद्वारा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत हुनु भएको छ ।

    गिरी नगद एक लाख रुपैया पुरस्कार सहित पुरस्कृत हुनु भएको हो। यस्तै सूर्य प्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसी पुरस्कृत हुनु भएको छ ।

    उहाँहरु दुबैले जनही नगद ५०-५० हजार रुपैया पुरस्कार प्राप्त गर्नु भएको हो । बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएको पुरस्कार सोमबार प्रदान गरिएको हो ।

    पुरस्कृत पत्रकार गिरी मेचिकाली दैनिकमा, पाण्डेय गोरखापत्र दैनीकमा र केसी बुटवल टुडे दैनीकमा कार्यरत हुनुहुन्छ ।  

     बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले उक्त पुरस्कार प्रदान गर्नु भएको अध्यक्ष दिनेश पाण्डेले जानकारी दिनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डीत, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन सचिव सिपी खनालले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ १५ २०८३०८:४०:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology