बुटवल, असार १४ -
बुटवल उपमहानगरपालिका वडा नं. ९ मा ५७ लाख रुपैयाँको लगानीमा निर्मित पशुपति सामुदायिक विकास संस्थाको भवनको उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गर्नुभएको हो ।सो अवसरमा बोल्दै उहाले टोल बिकास संस्थाको महत्त्वपूर्ण भूमिका रहने भन्दै पशुपति सामुदायिक बिकास संस्थाको भवन उद्घाटन र सम्मान गर्न पाउदा खुसी लागेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा संस्थाकी अध्यक्ष सीता भट्टराई र वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी जोशी,पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष दधि खरेल,आर्थिक ब्यवस्थापन समितिका अध्यक्ष गणेश भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाको निर्माणमा सहयोग पुर्याउने दानदाताहरूलाई दोसल्ला ओढाएर र कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । संस्थाका अनुसार यो भवन सामाजिक कार्यका लागि अत्यन्त उपयोगी हुने बताइएको छ । सामुदायिक विकास, विभिन्न सामाजिक क्रियाकलाप र कार्यक्रम सञ्चालन गर्न यो भवनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
भवन निर्माणमा स्थानीय दानदाताहरूको उल्लेखनीय सहयोग रहेको थियो । सो कार्यक्रममा कोषाध्यक्ष सीता भण्डारीको प्रतिबेदन पास गरिएको छ भने कार्यक्रमको संचालन सचिव लक्ष्मी पन्थले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)