बुटवल,असार १३ ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ, रुपन्देहीले २८ अौ स्थापना दिवसमा ३ दिने रचनात्मक कार्यक्रम शुभारम्भ गरेको छ। शनिबार संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरि शुभारम्भ भएको हो ।
एक कार्यक्रमका बिच संघका अध्यक्ष माधव खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष थम्मन भण्डारी, महासचिव केशवराज कंडेल, कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ गरे।
कार्यक्रमका बिच संघका अध्यक्ष माधव खनालले यो वर्ष स्थापना दिवसलाई विशेष रुपमा मनाउने ३ दिने कार्यक्रम गर्न लागेको बताए। रक्तदानसंग आईतबार वृहत सरसफाई कार्यक्रम गरिने तथा मंगलबार साधारण सभाको अौपचारिक कार्यक्रमका साथै स्रस्टा सम्मान कार्यक्रम गरि मनाईने उनले बताए।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले रक्तदानको महत्वबारे प्रकाश पारे। स्थापना दिवसको अवसरमा सामाजिक कार्यमा अग्रसर रहेर सामाजिक गतिविधिमा संघको अग्रसरता बताए।
रुपन्देहीमा रक्तदान अभियानलाई यो अवस्थामा ल्याउन विभिन्न अगुवाहरुको योगदान रहेको स्मरण गर्दै उनले निरोगिताको प्रमाणका रुपमा रक्तदान मान्न सकिने बताए। रगत अभावकै कारण बिरामीको ज्यान जाने अवस्था रोक्न यस्ता रक्तदान अभियान महत्वपूर्ण हुने उनले बताए।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक प्रेम पाण्डेले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)