काठमाडौं,असार १२।
सर्वोच्च अदालतको फैसलापछि बूढानीलकण्ठ स्कुलले आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण तथा सीमाना निर्माणको प्रक्रिया अघि बढाएको छ। सोही क्रममा स्कुलको जग्गाभित्र अनधिकृत रूपमा निर्माण गरिएका जस्तापाताका टहरा तथा अन्य अस्थायी संरचना डोजर प्रयोग गरेर हटाइएको हो।
यसअघि स्कुल प्रशासनले सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई आफ्ना चल तथा अचल सम्पत्ति तोकिएको समयभित्र हटाउन आग्रह गरेको थियो। साथै, सूचना बेवास्ता गरी बाँकी रहेका संरचना हटाउने क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने चेतावनी पनि दिएको थियो।
स्कुलले सर्वोच्च अदालतको फैसलाअनुसार आफ्नो स्वामित्वमा रहेको जग्गाको संरक्षण गर्दै सीमाना निर्माणको तयारी सुरु गरिएको जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)