बुटवल,असार ९ ।
नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ।
प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा नयागाउ बेलबासले बिकासमा नया पहिचान बनाउन सकेको बताउनुभयो ।उहाले सामाजिक संघसंस्थामा एकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
यो कार्यक्रममा स्थानीय बासिन्दा, संस्थाका सदस्यहरू, युवा क्लब, विद्यार्थी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदान गर्नु भनेको जीवन बचाउने महान कार्य हो भन्ने भावनाका साथ धेरै स्वयंसेवीहरूले रक्तदान गरेको अघ्यक्ष मिना जीसीले वताउनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा न १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले यस खानेपानीमा कुनै पनि कानुनको कमी नभएको बरु कार्यान्वयनको जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा खानेपानीका उपाध्यक्ष एवं सरसफाइ संयोजक सिर्जना पौडेल,सचिव रामप्रसाद भुसाल लगायतले बोल्दै खानेपानीले गरेको कामसमय सापेक्ष रहेको बताएका छन् ।
साथै कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सबैमा आभार व्यक्त गरिएको कार्यक्रम संयोजक रामप्रसाद पौडेलले बताउनुभयो । सो कार्यक्रम खानेपानीका सचिव रामप्रसाद भुसालले संचालन गर्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)