बुटवल,असार ८ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रथम लुम्बिनी लोक तारा २०८३ मा समीर पुन उत्कृष्ट भएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट लोकताराका रुपमा छनोट भइ आइतबार कपिलवस्तुमा फाइनल राउन्ड सम्पन्न भएको थियो । प्रतियोगितामा बसन्ता खनाल दोस्रो र ज्ञानु परीयार तेस्रो भएकी छन् ।
उनीहरुलाइ राजु परियार,ओम ज्ञवाली लगायतको निर्णायकको टोलीले छनोट गरेको हो । सो अवसरमा केन्द्रीय कार्यसमिति अध्यक्ष रीता थापा,सल्लाहकार खेम हमाल,राधिका हमाल,प्रदेश अध्यक्ष दामोदर बस्याल ,प्रदेश सचिव योगराज पोखरेल,कपिलवस्तु अध्यक्ष अशीम कँडेल,रुपन्देही अध्यक्ष रितु थापा,सचिबालय सदस्य सिलु भट्टराई लगायतले बोलेको कार्यक्रम संयोजक उज्ज्वल गिरीले नागरिक अनलाइनलाइ बताए ।
बिजयी हुनेहरुलाई क्रमश ५२ हजार २२२,३२हजार २२२ र २२हजार २२२ हजार नगद साथै प्रमाणपत्र रट्रफि समेत प्रदान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)