Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीको सत्यवतीमा ४९१ जनालाई कपडा वितरण

गुल्मीको सत्यवतीमा ४९१ जनालाई कपडा वितरण

  • 816
    SHARES

  • गुल्मीको सत्यवतीमा ४९१ जनालाई  कपडा वितरण

    गुल्मीको सत्यवती गाउँपालिकामा कपडा बैंक सञ्चालन तथा ४९१ जना आवश्यकतामा रहेका नागरिकलाई कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    गाउँपालिका अध्यक्ष टिकराम पाण्डेयको सभाध्यक्षता, उपाध्यक्ष श्रीमती निरु माया तरामी, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कपडा बैंकका संस्थापक कमल जी.सी. तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टिकराम पाण्डेयज्यूले आफू विभिन्न देशहरूको भ्रमणमा जाँदा कपडा बैंकबाट कोट खरिद गरी प्रयोग गरेको अनुभव सुनाउँदै कपडा बैंकको अवधारणा अत्यन्तै उपयोगी र उदाहरणीय रहेको बताउनुभयो ।

    उहाँले कपडा बैंकबाट प्रदान गरिने सेवाको भरपुर उपयोग गर्न तथा घरमा प्रयोगमा नआएका तर प्रयोगयोग्य कपडा दान गरी अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयवासीहरूलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा ४९१ जना आवश्यकतामा रहेका नागरिकलाई न्यानो कपडा वितरण गर्नुका साथै प्रयोगमा नआएका तर प्रयोगयोग्य कपडाहरू संकलन गरी पुनः प्रयोगमार्फत आवश्यक नागरिकसम्म निःशुल्क पुर्‍याउने उद्देश्यसहित सत्यवती गाउँपालिकामा कपडा बैंक सञ्चालनमा ल्याइएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ ८ २०८३०८:१३:०८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology